Tue. Apr 23rd, 2024
 फिल्म ‘ग्याङस्टार ब्लुज’को स्याड सङ रिलिज भएको छ । ‘आधा कुरा’ बोलको गीतमा नव-नायक आशिरमान देशराज श्रेष्ठ र नायिका आना शर्मा फिचरिङ छन् । गीतमा दुवै एकअर्काको यादमा तड्पिएको देख्न सकिन्छ । एकतारे र कालीप्रसाद बाँस्कोटाको शब्द रहेको गीतमा कालीप्रसादको संगीत र सनुप पौडेलको स्वर सुन्न सकिन्छ ।
 यो फिल्ममा आना शर्मा, आशिरमान देशराज, संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतको अभिनय छ । मनिष पण्डित कार्यकारी निर्माता रहेका फिल्ममा सरोज न्यौपाने र हेमराज बीसी निर्माताको रुपमा रहेका छन् ।
 ‘होस्टेल’, ‘जेरी’, ‘गाजलु’ फिल्म निर्देशन गरेर आफूलाई सफल निर्देशकको रुपमा उभ्याएका हेमराज बीसीले ‘ग्याङस्टार ब्लुज’ निर्देशन गरेका हुन् । फिल्म भाद्र २ गतेबाट अल नेपाल  प्रदर्शनमा आउन लागेको  छ।
https://www.youtube.com/watch?v=syJjjKd92ac

Leave a Reply

%d bloggers like this: