Fri. Mar 29th, 2024

दयाहाङ राई र केकी अधिकारी अभिनित फिल्म ‘घामपानी’ प्रदर्शनमा आउँदैछ । रामबाबु गुरुङको निर्माण र दीपेन्द्र लामाको निर्देशन रहेको चलचित्र ‘घामपानी’ नयाँ वर्षको अवसर पारेर बैशाख १ मा रिलिज हुँदैछ । ठुलो लगानी गरेर निर्माण भएको यो सिनेमा नया बर्षको उपलक्ष्य संगै एक्टर दयाह्यंग राई को जन्म दिनपनि परेकोले बैशाख १ गतेलाई लक्षित गरि रिलिज गर्न लगिएको हो l फिल्म समिक्षक दिपेन्द्र लामाले निर्देशन गरेको फिल्म ‘घामपानी’ मा केकी र दयाहाङको मुख्य भूमिका रहेको छ । अन्र्तराजातिय प्रेम सम्बन्धको कथा बोकेको फिल्ममा केकिलाई एउटा ब्राह्ममन छोरीको रुपमा देख्न सकिने छ भने दयालाई जनजातीको छोराको रुपमा देख्न सकिने छ l
जन्मदिनमा दर्शकलाई दयाको उपहार स्वरुप सिनेमा रिलिज गर्न लागिएको निर्देशक दिपेन्द्र लामाले जानकारी दिए तेसैले दर्शकलाई दयाको उपहार सिनेमा घामपानी हुनेछ भने दर्शकले पनि उनलाई सजिलै उपहार दिन सक्ने छन् । आफ्नो जन्म दिनमा दर्शक हलसम्म गएर सिनेमा हेर्नु नै दयाको लागि विशेष उपहार हुनेछ l

Leave a Reply

%d bloggers like this: