Sat. Jun 3rd, 2023

चलचित्र “डायरी”को ट्रेलर भोलि बिहिबार चैत्र२४मा सार्वजनिक हुदै छ l‘नोभेम्बर रेन’बाट नेपाली चलचित्र क्षेत्रमा उदाएकी नायिका छुल्ठिम गुरुङको निर्माण र अनिल योञ्जनको निर्देशनमा बनेको चलचित्र ‘डायरी जेठ ५ गतेबाट अल नेपाल प्रदर्शनमा आउने भएको छ। रिभेञ्ज लभ स्टोरीमा निर्माण भएको फिल्म ‘डायरी’ मा डेब्यू सन्नी सिंह छुल्ठिमको अपोजिटमा देखिएका छन्। ‘डायरी’मा रेखा थापा पहिलो पटक खलपात्र, भिलेनको भूमिकामा रहेकी छन्।
छुल्ठिम इन्टरटेनमेन्ट र एयर क्रु प्रोडक्सनले संयुक्त निर्माण रहेको ‘डायरी’को पोष्ट प्रोडक्शनको काम सकेर अहिले डायरी टिम प्रोमोसनको तयारीमा रहेको निर्देशक योञ्जनले जानकारी दिएका छन् । यो एउटा बदलाको कथामा निर्माण भएको चलचित्र होl

Leave a Reply

%d bloggers like this: