Wed. Apr 24th, 2024

चलचित्र शायद २ बहुप्रतिक्षित चलचित्रहरु मध्येको एक हो । चलचित्र सायद-२को प्रोमो यहि चैत्र ३१ गते सार्बजनिक हुने भएको छ l‘सायद’, ‘होस्टेल’, ‘होस्टेल रिटन्र्स’बाट स्थापित ब्यानरको रुपमा चिनिएको दुर्गिश फिल्मस्ले चलचित्र ‘सायद–२’लाई असार ३० गतेबाट सार्वजनिक प्रदर्शनमा ल्याउने भएको छ । जसका निर्माता सुनिल रावल हुन् ।निर्माण कार्यमा रावललाई इश्वर श्रेष्ठ र सुभाष लामिछानेले सघाएका छन् ।उक्त चलचित्रमा पुष्पराज न्यौपानेको निर्देशन रहेको छ l राजु विक्रम थापाको छायांकन, दिर्घ खड्काको सम्पादन, सुगम पोख्रेल र कालीप्रसाद बाँस्कोटाको संगीत रहेको सायद–२ मा सुशील श्रेष्ठ, अमृत ढुंगाना, स्यारोन श्रेष्ठ, कुशल पाण्डे, निशा कार्की, बुद्धीलाल मगर, सुनिल रावल, किरण शर्मा र कामना प्रंसाईंको मुख्य भूमिका रहेको छ ।चलचित्रले युवा पुस्तालाई हलसम्म तान्न सक्ने कुरामा निर्माण पक्ष विश्वस्त देखिएको छ ।

Leave a Reply

%d bloggers like this: