Tue. Apr 16th, 2024

नेपाली कथानक चलचित्र ‘लभ लभ लभ’बैशाख १ गतेदेखि प्रदर्शनमा आउने भएको छlफिल्मको नामबाट थाहा पाउन सकिन्छ यो लभ स्टोरी फिल्म हो ।माया यस्तो चिज हो जसलाई पनि खाँचो पर्छ माया बिनाको संसार अपुरो छ यस्तै लभ स्टोरीलाइ देखाउन खोजेकोछ ‘लभ लभ लभ’ले l शर्मिला पाण्डेको निर्माणमा तयार भएको फिल्मलाइ दिपेन्द्र के.खनालले निर्देशन गरेका छन् l फिल्ममा स्वस्तिमा खड्का र सुरज पाण्डेको मुख्य अभिनय रहेको छ । ‘पशुपती प्रसाद’ जस्तो मन छुने फिल्म निर्देशन गरेका निर्देशक खनालले यो लभ स्टोरी फिल्म चाहिं कस्तो बनाएका छन् त भन्ने जिज्ञासा आम दर्शकलाई परेको छ l ‘म लभ स्टोरी फिल्म भन्दैमा आम चलचित्रकै लाइनमा यसलाई लिन्नँ मेरो चलचित्रले पछिल्लो समय मौलाएको फास्टफुड लभ भन्दा माथिको कथा बोकेको छ’ निर्देशक खनाल भन्छन , ‘आदर्श प्रेम नमरिसकेकाले सच्चा र गहिरो प्रेम गर्नेहरुका लागि यो चलचित्र विशेष बन्नेछ ।’ प्रेम गर्नेहरुका लागि ‘लभ लभ लभ’ विशेष फिल्म उनको भनाई छ ।

Leave a Reply

%d bloggers like this: