Thu. Mar 28th, 2024


विदेशका विभिन्न ठाउमा फिल्मको छायांकन गर्ने फेशन संगसंगै अब म्युजिक भिडियोकोपनि छायांकन विदेशतिर गर्ने प्रतिस्पर्धा पछिल्लो समयमा निकै माथि पुगेको छ l विशेष गरि युरोप ,अस्ट्रेलिया ,अमेरिका ,मलेशिया ,दुबइ र कतार l यस्तै क्रममा भर्खरै एउटा म्युजिक भिडियोको छायांकन अस्ट्रेलियामा भएको छ गीतको बोल छ “मैले रोजेको”…गायकले के रोजे त शायद गर्ल फ्रेन्डलाइ भनेका होलान l उक्त गीतमा गायक मबिन्द्र राई र गायिका भूमिकाले स्वर दिएका छन् l मोडेल शैलेश हमाल र प्रिया मिश्रको जोडदार अभिनय रहेको छ भने म्युजिक भिडियोलाइ नमित चन्दले क्यामेरामा कलात्मक शैलीमा कैद गरेका छन् सो भिडियोमा निर्देशन स्वयम् मोडेल शैलेश हमालकै रहेको छ l अष्ट्रेलियाको मनोरम लोकेसनमा छायांकन गरिएको उक्त भिडियोको शुटिंग सकेर पोस्ट प्रोडक्सनको काम भैरहेको निर्देशक शैलेश हमालले मनोरंजन संसार डट कमलाइ जानकारी दिएका छन् l

Leave a Reply

%d bloggers like this: