Fri. Apr 19th, 2024

सुनिल कुमार थापा निर्मित , झरना थापाको डेब्यू निर्देशकिय फिल्म ‘ए मेरो हजुर २’ को शिर्ष गीत रिलिज गरे लगत्तै भाईरल भयको छ आइतबार मात्र रिलिज गरियको उक्त गितले २४ घण्टा नबित्दै २ लाख viewers cross गरेको छ l फिल्मको अफिसियल रिलिज मिति घोषणा गर्दै गीत रिलिज गरिएको हो । फिल्म २०७४ भदौ १६ मा रिलिज हुनेछ । सेप्टेम्बर १ २०१७ मा विश्वब्यापी रिलिज तय हुँदा निर्माण टिमले विश्वकै सर्वाधिक उचाईमा रहेको ताल तिलिचो तालको सौन्दर्यता बोल्ने उच्च मेकिङ सहितको ‘ए मेरो हजुर’ बोलको शिर्ष गीत बाहिर ल्याएको हो । सार्वजनिक गीतको भिडियोमा मनमोहक अनि लोभलाग्दा दृश्यहरु समावेश छन् ।
गीतमा साम्राज्ञी राज्यलक्ष्मी शाह र डेब्यू अभिनेता सलिनमान बानियाँ फिचरिङमा छन् । रेनशा वान्तवा राईले कोरियोग्राफी गरेको गीतमा स्वर सुगम पोखरेलको छ भने कृष्णहरी बरालको शब्दमा कल्याण सिंहले संगीत भरेका छन् ।चलचित्र ड्रिम्सबाट डेब्यु गरेकी साम्राज्ञी राज्यलक्ष्मी शाहले छोटो समयमै आफ्नो छविलाई उच्च स्थान मा पुगायकी छन् .नव कलाकार सलिनमान बानियाँ ले पनि आफ्नो पहिलो डेब्यु फिल्म मा निकै मेहेनतका साथ् काम गरेको देखिन्छ चकलेटी लुक्समा देखिएका दुई जोडीलाई दर्शक ले एकदमै रुचाएका छन् l फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बानियाँ ,सलोन बस्नेत, अम्बर सुवेदी, सुमन पौडेल, अजश्रा ढुङ्गाना लगायत लिड अभिनयमा छन् ।

Leave a Reply

%d bloggers like this: