Fri. Apr 19th, 2024

 
 
16998175_1851382955150916_9146074481092216580_n


a
 
उपन्यास ‘समर लभ’माथी फिल्म बन्ने भएको छ । निर्देशक मुस्कान ढकालको निर्देशन रहनेगरी आईतबार फिल्म घोषणा गरियो । छिट्टै नै फ्लोरमा जाने भनिएको फिल्ममा उपन्यास ‘समर लभ’का मुख्य पात्र अतित र सायाको भुमिका निभाउँदै गरेका दुई लिड कलाकार पनि सार्वजनिक गरिएको छ ।
फिल्ममा अतितको भूमिकामा आशिष पिया देखिँदैछन् । केहि टिभिसी र पेपर विज्ञापनमा मोडलिङ गरेका आशिषको लागी यो फिल्म डेब्यू हुनेछ भने निक्कै खोजीपछि ‘साया’को भुमिका निभाउन लायक पात्र रेवती क्षेत्री ठहरिएकी छिन् ।
नेपाली मुलका बुबा आमाकी छोरी रेवती आफु भने भारतिय नागरिक हुन् । २०१६ को मिस एसिया युनिभर्सिटी र मिस ईन्टरनेशनल भारतकी विजेता रेवतीले यसअघि नै ‘ग्याङ्ग अफ नर्थवेस्ट’ नामको भारतिय फिल्म गरिसकेकी छिन् भने ‘खातुन’ नामको फिल्म समेत गर्दैछिन् ।
नेपाललाई मामाघर सम्झिने रेवतीले ‘समर लभ’ पुर्णत: पढेको र निकै मन परेको भन्दै यसको मुख्य पात्र निभाउन पाएकोमा खुशी व्यक्त गरिन् । यस्तै तर्क अतित बन्दै गरेका आशिषको पनि थियो ।
फिल्मको संवाद लेखनमा सुविन र सामिप्यराज तिमिल्सेनाले सहकार्य गरेका छन् भने संगीत पुष्पन प्रधानक रहनेछ ।  नाइटिंगेल ईन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्मका कार्यकारी निर्माता विनोद अधिकारी छन् भने लगानीमा भरत शर्मा, सपन सरकार, ईन्दु भण्डारी र मनु बिकले साझेदारी गरेका छन् ।
काठमाडौं, पोखरा, धनगढीमा छायाँकन हुने भनिएको फिल्मका केहि दृश्य विदेशमा पनि खिचिने बताईएको छ । बैशाखको दोश्रो हप्ताबाट फिल्म फ्लोरमा जानेछ ।

Leave a Reply

%d bloggers like this: