Fri. Apr 19th, 2024

 
 
 
Rajesh Hamal  नयाँ बर्षसँगै नयाँ आशा बोकेर कैयौ फिल्मको घोषणा गरिन्छ, शुभकामना थापिन्छ । तर, त्यही बर्ष त्योफिल्म प्रदर्शनमा आएको अत्तोपत्तो नै हुँदैन । साच्चै हामी कहाँ चुक्यौ ?बलिउड फोबियाले गाजेको नेपाली फिल्म बजारमा हामी सधै नै एउटा न एउटा बहाना बनाएर दोष अरु माथि थोपर्छौ । फिल्म नराम्रो बने निर्देशकको गल्ती, राम्रो बने सबै मैले गर्दा भएको हो भन्ने प्रथा हामीले बोकेका छौ ।
कथावस्तु, प्रस्तुति, प्रचार र ब्रान्ड बनाउने कुरामा नेपाली फिल्म यो बर्ष पनि पछि पर्यो । आफूलाई अब्बल निर्देशक बनाउनका लागि स्तरियता होइन, संख्यालाई आधार मान्ने चलन बढ्यो । म यति वटा फिल्म खेलेको कलाकार, म यति वटा फिल्म बनाएको निर्देशक ? स्तरियता मापन गर्नका लागि फिल्मीकर्मीले यस्तो तरिका अपनाए । जसका कारण, स्तरिय भन्दा संख्या हाबी भयो ।यो बर्ष नेपाली फिल्मका लागि सुखद नबनेको पक्कै हो । तर, यही बर्ष मात्र होइन हाम्रा लागि सुखद नबनेको । यस्ता बर्ष हामीले कैयौ पार गरिसकेका छौ । आफ्नो फिल्म औषत चल्दा फेसबुकमा रमाउने हामी अरुको फिल्म नचल्दा दुखी होइन खुच्चिम भनिरहेका छौ । सायद, हामी चुक्नुको सबैभन्दा ठूलो कारण यही नै हो ।

Leave a Reply

%d bloggers like this: