Wed. Apr 24th, 2024

मनोरंजनसंसार डटकम
यो बर्षको सर्भादिक सफल चलचित्र “वीर विक्रम” आज युटुबमा रिलिज भएको छ । चलचित्रले भदौ ३ गते देशभरका हलहरु देखि प्रदर्शन सुरु गरेको थियो । निकै धेरै दर्शकहरुको साथले गर्दा चलचित्रले ५१ दिन समेत मनाउन सफल भएको थियो । चलचित्रले देशको मात्र हैन देश बाहिर रहेका नेपाली दर्शकहरुको मन पनि जितेको थियो । चलचित्र प्रदर्शन पश्च्यात हलसम्म हेर्नको लागि बच्चा देखि बुढाबुढी सम्मका व्यक्तिहरुको उपस्थिति रहेको थियो । चलचित्र आज युटुबमा सार्वजनिक भए संगै चलचित्र हेर्ने दर्शकहरुको संख्या बढ्दो छ । यसै गरि युटुबमा चलचित्र प्रति सबैले निकै राम्रो कमेन्ट समेत गरेका छन् । धेरै समय देखि पर्खाई रहेको र पटक पटक हेर्दा समेत अझै हेर्न मन लागेको निकै मन छोएको जस्ता थुप्रै कमेन्टहरु यति बेला युटुबमा आइरहेका छन् ।
bir-bikram
चाम्स इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्र “वीर विक्रम” मा दयाहाङ राई, अनुपविक्रम शाही, अर्पण थापा, दीया पुन , विवेक लिम्बु , शिशिर राना , बसन्त भट्ट र नाजिर हुसेनको मुख्य भूमिका छ । चलचित्रका मुख्य सहायक निर्देशक रामशरण कोइराला र गिरिराज घिमिरे रहेका छन् | चलचित्रमा शब्द संगीत अहिलेका चर्चित संगीतकार तारा प्रकाश लिम्बुको रहेको छ | त्यसै दिपा लामा , प्रबिशा अधिकारी , राजेश पायल राई र अनिल राईले समेत चलचित्रमा आफ्नो सुमधुर स्वर भरेका छन् | चलचित्रका लेखक यम थापा हुन् | चलचित्रमा रेनेशा बान्तवा राइको नृत्य निर्देशन रहेको छ |
bir-bikram
चलचित्रको निर्देशक तथा निर्माता मिलन चाम्स हुनुहुन्छ । नेपाली चलचित्रको भबिष्य रास्ट्रिय स्तरमा मात्र नभएर अन्तरास्ट्रिय स्तरमा समेत रहेको दुरदर्शीको साथमा उहाले नै पहिलो पटक युकेमा नेपाली चलचित्रको प्रिमिएर शो गर्ने चलन चल्तीको विस्तार गर्नुभएको हो | उहाले नेपाली चलचित्रको स्थान अन्तरास्ट्रिय बजारमा समेत स्थापित गरिदिनुभएको छ | उहाले तयार पारेको त्यहि बाटोको कारण आज धेरै नेपाली चलचित्रहरु देश बाहिर बिदेशमा प्रिमिएर हुने गर्दछ | यो हिसाबले नेपाली चलचित्रले निकै तिब्र गतिमा प्रगति तर्फ आफ्नो पाईला अगाडी बढाई रहेको छ | आफ्नो लामो समय देखिको यस क्षत्रको अनुभव पछि उहाले आफ्नो पहिलो चलचित्र “हँसिया” निर्देशन गर्नुभएको थियो जसलाई नेपालमा मात्र नभएर अन्तरास्ट्रिय बजारमा समेत सबैले माया र सम्मान गरेका थिए |
milan-chams
यस्तै उहाले सामाजिक संजाल अनुसार आफ्नो चलचित्र वीर विक्रम सार्वजनिक भएको जानकारी गराउदै एकपटक हेरेर आफ्नो प्रतिक्रिया राखिदिनुहुन सबैलाई हृदय देखि नै हार्दिक अनुरोध गर्नुभएको छ । यस्तै उहाले दर्शकहरुले सिनेमा घरमा जस्तै युटुबमा समेत हेरेर आफ्नो चलचित्रलाई माया अनि साथ दिनुहुन आशा समेत राख्नु भएको छ । दर्शकहरुको माया अनि साथले आफुले अगाडी अझै राम्रो राम्रो चलचित्र निर्माण अनि निर्देशन गर्ने प्रतिबध्ता समेत उहाले जानकारी गराउनु भएको छ । यसै गरि उहाको आउदै गरेको तेस्रो चलचित्र “हेप्पी डेज” को सम्पूर्ण छायांकन सकेर यति बेला सम्पादन कक्षमा रहेको छ भने उहाको निर्देशनमा तयार हुदै गरेको चलचित्र “ब्लाईनड रक्स” को छायांकन यति बेला अन्तिम चरणमा रहेको छ ।
हेर्नुस चलचित्र :

Leave a Reply

%d bloggers like this: