Wed. Apr 24th, 2024

मनोरंजनसंसार डटकम
आज देखि प्रदर्शन आएको चलचित्र “यो साईनो मायाको” ले निकै राम्रो दर्शकहरुको साथ पाएको छ । सिंगल थिएटरका दर्शकहरु देखि दर्शकहरुले अधिकतम प्रशंसा समेत हासिल गरेको छ । चलचित्र हेरिसकेपछि दर्शकहरुले चलचित्रले निकै राम्रो कथा प्रस्तुत गरेको र चलचित्रको गीत संगीत पक्षे निकै बलियो रहेको कुरा बताएका छन् । चलचित्रले आफुहरुलाई धेरै नै मनोरंजन प्रदान गरेको कुरा समेत अधिकांश दर्शकहरुले बताएका छन् । यसै गरि उपत्यका बाहिर देखि चलचित्रको निकै राम्रो रिपोर्ट आइरहेको छ । मोफसलको दर्शकहरुको साथ पनि चलचित्रले पाएको छ जसको कारण चलचित्रलाई अगाडी बढ्न ठुलो मदत मिलेको छ ।
yo-saaino-mayako
yo-saino-mayako
धेरैको कुराहरु सुन्दा खास गरि चलचित्रको गीत संगीतले चाही धेरैको मन छोएको पुष्टि भएको छ । यस्तै चलचित्रको प्रस्तुति पनि निकै राम्रो रहेको र कलाकारहरुको अभिनयले पनि दर्शकहरुको मन जितेको कुरा पनि बाहिर आएको छ । पहिलो दिनको राम्रो सुरुवातले चलचित्रले शनिवारको दिनको बिदाको फाइदा उठाउन सक्ने अनुमान लगाईएको छ । यस्तै चलचित्र यो हफ्ता सोलो रिलिजको साथ अगाडी आएको पनि हो । यस हिसाबले पनि चलचित्रले दर्शकहरुलाई हलसम्म लिएर आउने संकेत पनि देखिएको छ ।
yo-mayako-saino
राम कुमार श्रेष्ठको निर्माणमा तयार भएको चलचित्र “यो साईनो मायाको” मा जतिन ताम्राकार , रेश्मा घिमिरे , नवनित राज प्रधान , किशोर भण्डारी , सुनिता श्रेष्ठ , राजु भुजेल लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । मन्जिना मुभिज क्रियसनको प्रस्तुति रहेको चलचित्रमा बाबुराम नेपालीको छायांकन र कुन्दन थापा र विकेश के शंकरको संगीत समावेश रहेको छ । यस्तै चलचित्रको गीतहरुमा शिव परियार , मनिषा पोखरेल , कोशिश क्षत्री र मेलिना राईले आफ्नो स्वर दिएका छन् ।यस्तै चलचित्रका सह निर्माता तर्फ ज्ञानु रोय , सुरेश भण्डारी र बिरोज ताम्राकार रहेका छन् । चलचित्रको लेखन तथा निर्देशन अरुण कुमार प्रधानले गरेका हुन् ।
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: