Thu. Mar 28th, 2024

मनोरंजनसंसार डटकम
बैशाख १ गते दर्शकहरु माझ आउने तयारी गर्दै चलचित्र “घामपानी” ले आफ्नो ट्रेलर सार्वजनिक गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रम बिच चलचित्र युनिटले ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलर हेर्नको लागि चलचित्र क्षत्रका माननीय व्यक्तिहरुको साथमा अधिकांश पत्रकारहरुको उपस्थिति रहेको थियो । चलचित्रको ट्रेलर हेरिसकेपछि सबैले चलचित्रलाई सम्भावना बोकेको चलचित्रको नाम दिएका छन् । यस्तै उपस्थित पत्रकारहरुले पनि चलचित्रको ट्रेलरको खुलेर प्रशंसा गरे । सबैले चलचित्र निर्माण पक्षेलाई सफलताको शुभकामना दिएका थिए ।
ghampani
सार्वजनिक ट्रेलरले धेरैको मन छुने देखिन्छ । नेपाली समाजको वास्तविक कथालाई चलचित्रमा निकै गहकिलो ढंगले चित्रण गरेको कुरा ट्रेलरले पुष्टि गरेको छ । नेपाली सामाजिक मौलिकता झल्काउने चलचित्रको उपाधि हामी यस चलचित्रलाई दिन सक्छौ । सार्वजनिक ट्रेलरले नै चलचित्रको सफलताको लागि धेरै संकेतको रेखा कोरेको छ । निकै राम्रो प्रस्तुति र निर्माणको साथमा कलाकारहरुको अभिनयले चलचित्रलाई दर्शकहरुको मन सम्म जाने बाटो बनाईदिएको छ । चलचित्रको गीत संगीतले पनि दर्शहरुको मन भित्र सम्म छोईसकेको अवस्था पनि छ । त्यस पछि अहिले आएर सार्वजनिक भएको यस ट्रेलरले दर्शकहरुको मनमा अर्को उत्साह जगाउने निश्चित छ ।
ghampani
प्रस्तुत ट्रेलरको अनुसार चलचित्र बिशेष गरि २ जोडीको प्रेम कथा र पारिवारिक माहोल भित्र घुमेको संकेत गर्दछ । हाम्रो समाजको पुरानो सोच र त्यसपछि अहिलेको नया पुस्ताको कदम यहि कुराको सुन्दर मेल चलचित्रमा हेर्न सकिन्छ । मन मिले पछि कुनै कुराले पनि माया र सम्बन्धमा अबरोध गर्न नसक्ने र हामीले हाम्रो सोच र समाजलाई परिवर्तन गरेर नया सोचमा ढाल्नु पर्ने जस्ता संदेश पनि चलचित्रले सबैलाई दिने प्रष्ट देखिन्छ ।
ghampani
सिनेमा आर्ट प्रोडक्सनको निर्माण र टर्चलाईट प्रोडक्सन र असलेशा इन्टरटेनमेन्टको प्रस्तुतिको रहेको चलचित्रमा दयाहाङ राई , केकी अधिकारी , अंकीत खड्का , सिल्सा जिरेल , प्रकाश घिमिरे , पुस्कर गुरुङ , बुद्धि तामाङ , कविता आले , अरुण कार्की , आमोघ पोखरेल लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । चलचित्रलाई सैलेन्द्र डी कार्कीले खिचेका हुन् । यस्तै चलचित्रको इडीटिङको काम निमेष श्रेष्ठले गरेका छन् भने चलचित्रमा कालीप्रसाद बास्कोटा र चन्द्र कुमार दोङको संगीत रहेको छ । चलचित्रका सह निर्मातामा अर्जुन कार्की र मणिराम पोखरेल रहेका छन् भने रामबाबु गुरुङ चलचित्रका कार्यकारी निर्माता हुन् । ओम गुरुङ , सैलेन्द्र डी कार्की र विश्वो गौचन चलचित्रका निर्माता हुन् । चलचित्रको लेखन तथा निर्देशन गर्ने काम दिपेन्द्र लामाले गरेका छन् । चलचित्रको बजार वितरकको जिम्मा भने गोबिन्द शाहीले लिनुभएको छ ।
हेर्नुस ट्रेलर :

हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: