Wed. Apr 24th, 2024

मनोरंजनसंसार डटकम
नेपाली गीत संगीतको चर्चा परिचर्चा यति बेला गर्ने हो भने धेरै कुराको परिवर्तन भएको अवस्था छ । पहिलेको तुलनामा नेपाली गीत संगीतको स्तर देखि बजार व्यवस्थापन पनि नेपालमा र नेपाल बाहिर राम्रो भईसकेको छ । यस हिसाबले पनि धेरैलाई यति बेला नेपाली गीत संगीतले आकर्षित गरेको छ । यस हिसाबले नया उदयमान कलाकारहरुको आगमन नेपाली गीत संगीतमा तीव्र पनि हुदैछ । तर अहिले पहिलेको समयको अनुसारले नया आउने कलाकारहरुमा पनि धेरै कुराको मिश्रण भएको पाइएको छ । गीत संगीतको बदलिदो परिवेश संगै नया कलाकारहरुको आगमन धेरै नै भयो र हुदै पनि छ । रहरमा आउने नया कलाकारहरुको संख्या त झनै धेरै नै छ । तर रहरको साथमा ज्ञान र अनुभव बटुलेर आउने कलाकारहरुको भने छुट्टै गन्ती रहेको छ । त्यहि गन्ती भित्र पार्न सफल एक नाम हो सुवास लाखे । उनि बहुमुखी प्रतिभाको धनि व्यक्ति हुन् । उनलाई हामी २ किसिमको उपाधि दिन सक्छौ किन भने उनि कुशल रचनाकारको साथमा गायक पनि हुन् ।
subash-lakhe
उनको नेपाली गीत संगीतको यात्रा धेरै लामो रहेको छ । उनको बारेमा अलिकति इतिहास पल्टाउदै गर्दा उनको परिश्रम धेरै नै देखिन्छ । सानै देखिको नेपाली गीत संगीतको लगाव र इच्छाले उनलाई धेरै अगाडी सम्मको बाटो पनि देखायो । उनको रहर हुदा समेत उनले केहि समय लिए किन भने उनले धेरै कुराको अनुभव र ज्ञान लिन चाहन्थे । त्यहि अनुरुप उनले अभ्यास गर्दै धेरै कुराको अनुभव नेपाली गीत संगीतबाट बटुलेर साथै यस क्षत्रलाई नजिक देखि नियालेर अगाडी बढ्ने प्रयास गरे । आज उनले आफ्नो लामो समयको त्यो इच्छा र लगावलाई सहि मार्ग दर्शन दिएका छन् । उनको अब चाडै नै नया एल्बम बाहिर आउने तयारीमा रहेको छ । “झरी” नामक एल्बम उनको नेपाली गीत संगीतमा डेब्यु एल्बम हुनेछ । यहि एल्बम देखि नै उनले नेपाली गीत संगीतमा पहिलो पाईला समेत राख्ने तयारी गरिरहेका छन् । उनको यस एल्बममा ६ वटा गीत समावेश रहेको छ । उनको एकल शब्द रचना र स्वरमा तयार भएको गीतमा मनोरथ कालिकोटे , डम्बर खापुङ सुब्बा र मणि कुमार कालिकोटेको संगीत समावेश रहेको छ । उनको यस एल्बम भित्रको गीतहरुको अरेन्ज गर्ने काम भने टेकेन्द्र याक्सोले गरेका छन् । उनको यस एल्बममा रोमान्चक गीत संगै इमोसनल आधुनिक गीतहरुको समायोजन रहेको छ ।
subash-lakhe
आफ्नो एल्बमको बारेमा बोल्दै उनले आफु नया भएर पहिलो पटक नेपाली गीत संगीतमा अगाडी बढेको र पहिलो भए पनि धेरै कुराको मध्य नजर गरेर दर्शकहरुको चाहनालाई आफ्नो प्रस्तुतिले पुरा गर्ने प्रयास आफुले सक्दो गरेको उनको भनाई रहेको छ । उनि यति बेला अमेरिकाको बसोबासमा रहेका छन् तर उनको मन भने नेपालमा नै घुमिरहेको छ । विदेशको ब्यस्त जीवन संगै अगाडी बढिरहेका उनले नेपाली गीत संगीतलाई भने समयको कमि हुन दिएका छैनन् । उनले आफ्नो आमा मेनुका दार्जी देखि धेरै कुरा सिकेको बताएका छन् । एक हिसाबले उनलाई उनको ठुलो साथ मिलेको र यस क्षत्र प्रति उत्सुक गराउनुमा पनि उहाको नै ठुलो हात रहेको उनले उल्लेख गरेका छन् । यस्तै उनले आफुलाई आफ्नो सांगीतिक यात्रामा साथ दिनु हुने विकास लाखे र सबिता मोहरालाई धेरै नै धन्यवाद समेत दिएका छन् । यस्तै आफुलाई सहि मार्ग दर्शन गर्ने र सधैब हौसला र साथ समेत दिने मनोरथ कालिकोटे र डम्बर खापुङ सुब्बा ज्युलाई समेत उनले हृदय देखि नै सम्झदै उहाहरु प्रति आभार प्रकट गरेका छन् ।
subash-lakhe
नव कलाकार नै भए पनि उनले नेपाली गीत संगीतमा भने बिदेशमा रहेर धेरै नै कुरा गरेका छन् । नेपाली कला संस्कृति र गीत संगीतलाई बिदेशमा समेत स्थापित गराउनु पर्छ भन्ने मान्यता उनले राखेका छन् । यस्तै उनले त्यहाँ रहेका युवा पुस्तामा समेत नेपाली गीत संगीतको बारेमा धेरै कुराको जानकारी दिदै आइरहेका छन् । त्यहाँ आयोजना हुने अधिकांश नेपाली सांस्कृतिक कार्यक्रमहरुमा उनको उल्लेखनीय उपस्थिति रहेको हुन्छ । नेपाली गीत संगीत र कला संस्कृतिलाई सधैब जगेर्ना गर्नु पर्छ र अन्तराष्ट्रिय स्तरमा नै यसको विस्तार हुनु पर्छ भन्दै गहकिलो संदेश सबैमा प्रवाह उनले गरिरहेका छन् । यस्तै उनले अब आगामी दिनहरुमा अझै राम्रो राम्रो प्रस्तुति लिएर आउने र आफ्नो यस पहिलो एल्बमलाई सबैले हेरेर सुनेर आफ्नो प्रतिक्रिया राखिदिनुहुन सबै नेपाली दर्शक श्रोता माझमा उनले बिन्ति बिसाएका छन् । यस्तै उनले दर्शक श्रोताहरुको साथ र मायाले नै आफु अगाडी बढ्ने हुनाले सबै देखि माया सल्लहा सुझाब र हौसलाको लागि समेत आग्रह गरे । यस्तै उनले देशमा तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुलाई सधैब आफ्नो भाषा संस्कृति र कला साहित्यको सम्मान गर्दै यसलाई माया गर्दै आफ्नो तर्फ देखि यसको विकास र प्रवर्धनको लागि प्रयास गर्नुहुन हृदय देखि नै हार्दिक अनुरोध समेत गरेका छन् ।

Leave a Reply

%d bloggers like this: