Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
प्रदर्शन मिति तय गर्दै चलचित्र “हिटलर” ले आफ्नो फर्स्ट लुक सार्वजनिक गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रम बीच निर्माण पक्षेले फर्स्ट लुक सार्वजनिक गर्दै जेठ १२ का लागि चलचित्रको प्रदर्शन मिति पक्का गरेको हो । कार्यक्रममा चलचित्रका कलाकार देखि अधिकांश पत्रकारहरुको उपस्थिति रहेको थियो । चलचित्र लव स्टोरी आधारित रहेर रमाइलो कमेडीको पनि मिश्रण चलचित्रमा रहेको कुरा निर्माण पक्षेले बताएको छ ।
अष्टनारायण पिक्चर्सको निर्माण रहेको चलचित्रमा नायक सोहित मानन्धर र नव नायिका सामिया बर्तौला मुख्य भूमिकामा रहेका छन् । यसै कार्यक्रम बीच नायक सोहित मानन्धरले धेरै पछि पर्दामा आफु आइरहेको र पहिलेको भन्दा केहि फरक भूमिकामा दर्शकहरुले आफुलाई हेर्न पाउनुहुने र चलचित्र देखि भरपुर मनोरंजन समेत प्राप्त गर्नुहुने विश्वास समेत उनले ब्यक्त गरे । चलचित्रमा सोहित र सामिया संगै मेनुका प्रधान , दिवस धिताल , ए गुरुङ लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । चलचित्रको निर्माणमा अल्टरनेट मोसन पिक्चर्स र लोचन घिमिरे इनकर्पोरेटेडको सहकार्य रहेको छ । चलचित्रमा लोचन घिमिरेको संगीत , सूर्य थोकर लामाको एक्सन , अरुणराज पौडेलको छायांकन र कृष्ण के अच्छामीको नृत्य निर्देशन रहेको छ ।
चलचित्रलाई सौरव ढकालले निर्देशन गरेका छन् । युवा निर्देशक ढकालले आफुले चलचित्रको निर्माणमा कुनै पनि किसिमको कमि हुन नदिएको र आफ्नो तर्फ देखि चलचित्रलाई पूर्ण रुपमा न्याय गरि दर्शकहरु माझ लिएर आउने तयारी गरेको कुरा बताए । चलचित्रले सबै बर्गलाई मनोरंजन प्रदान गर्ने र कोहि पनि निराश हुनु नपर्ने कुरा पनि उनले उल्लेख गरेका छन् । चलचित्रले केहि समय अगाडी नै आफ्नो एउटा गीत सार्वजनिक गरिसकेको छ । “मो मो चावमिन” बोलको गीतले दर्शकहरु माझमा यति बेला निकै राम्रो चर्चा पाइरहेको अवस्था छ ।

Leave a Reply

%d bloggers like this: