Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
गत बर्ष सम्पन्न निर्वाचनबाट ३ बर्षे कार्यकालको लागी राम कृष्ण बोगटीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएपछि अहिले आएर राजधानीमा आयोजित एक कार्यक्रम बीच आफ्नो बार्षिक प्रगती विवरण सार्वजनिक गर्दै नेपाल चलचित्र कलाकार संघले आफ्नो १५ औं साधारणसभा सम्पन्न गरेको छ । चलचित्र कलाकार संघका अध्यक्ष राम कृष्ण बोगटीले कार्यक्रमको सुरुवातमा नै पर्गती विवरण पेश गरेका थिए । विवरण पेश गर्ने क्रममा उनले आफ्नो कार्यकालमा भएको उपलब्धिलाई औल्याएर आफ्नो कार्यकाल भित्र नै कलाकार संघको भवन निर्माण गरेर देखाउने प्रतिबध्ता जाहेर गरे ।
chalchitra-kalakar-sangh
chalchitra-kalakar-sangh
कार्यक्रममा अधिकतम कलाकारहरु र संचारकर्मीहरुको उपस्थिति रहेको थियो । त्यहि बीच संघले लामो समय देखि नेपाली चलचित्र क्षत्रमा योगदान दिदै आइरहेका कलाकार र संचारकर्मीहरुलाई सम्मान समेत गरेको छ । यस्तै संघले अभिनेत्री लक्ष्मी गिरीलाई चलचित्र कलाकार संघ पुरस्कार २०७३ बाट सम्मान गर्यो । यस्तै अभिनेता पुरन थापालाई संघले शान्ति मास्के पुरस्कारबाट सम्मान गरेको छ । सोहि कार्यक्रम बीच नै हाँस्य अभिनेता सिताराम कट्टेल “धुर्मुस” , अभिनेत्री कुञ्जना घिमिरे “सुन्तली” र विश्वका कान्छा निर्देशक सौगात विष्टलाई चलचित्र कलाकार संघ विशेष सम्मानबाट सम्मानित गरियो ।
chalchitra-kalakar-sangh
chalchitra-kalakar-sangh
यसै गरि सम्मान कै क्रममा कलाकार संघ पत्रकारिता सम्मानबाट प्रकाश सुवेदी , अशोकप्यासी राई र विष्णु सुवेदी सम्मानित भए भने चलचित्र कलाकार संघ सेवा सम्मानबाट संघका उपाध्यक्ष सानुकुमार ताम्राकार र सह कोषाध्यक्ष सुनिल कटुवाल सम्मानित भएका छन । त्यहि बीच नव प्रतिभा प्रोत्साहन सम्मानबाट अभिनेत्री वर्षा राउतलाई सम्मानित गरिएको छ ।

Leave a Reply

%d bloggers like this: