Fri. Mar 29th, 2024

मनोरंजनसंसार डटकम
प्रदर्शन मिति नजिकिदै गर्दा चलचित्र “लप्पन छप्पन” ले आफ्नो प्रोमोसन तीव्र पारेको छ । यस्तै होलीको अवसरमा पारेर चलचित्र टिमले राजधानीमा एक कार्यक्रम बीच दर्शकहरु संग विचार विमर्श गरेको छ । “लप्पन छप्पन होली खेलौ मन खोलि” नामक मूल नाराको साथमा निर्माण पक्षेले उक्त होली कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा चलचित्रका कलाकार देखि अधिकांश दर्शकहरुको उपस्थिति रहेको थियो । दर्शकहरुले “लप्पन छप्पन” को आफुहरुलाई अधिकतम पर्खाई रहेको भन्दै खुबै मजा गर्दै चलचित्र टिम संग होली मनाए ।
lappan-chappan
lappan-chappan
चलचित्रका सबै पात्रहरु निकै सशक्त रहेका छन् । सबैको भूमिकाले चलचित्रको महत्वो राखेको छ चाहे त्यो भूमिका सानो नै किन नहोस । धेरै कलाकारहरुको समायोजनले यो चलचित्रको निर्माण भएको छ । त्यहि भित्र एक कलाकार हुन् श्याम श्रेष्ठ । यो नाम यति बेला नेपाली चलचित्र क्षत्रमा नौलो भने होइन । एक हिसाबले भनौ भने उनको यूरोपमा निकै बलियो पकड रहेको देखिन्छ । युरोपमा छायांकनको लागि जाने चलचित्रको व्यवस्थापन अधिकतम उनले नै गरेका छन् । यस्तै चलचित्र “लप्पन छप्पन” को छायांकनको व्यवस्थापन पनि उनले नै गरेका छन् । चलचित्रमा उनको गेस्ट रोल पनि रहेको छ जसले चलचित्रलाई परिपूर्ति गरेको छ । उनले यस अघि पनि “नमस्ते नेपाल” नामक चलचित्रको यूरोप छायांकन व्यवस्थापन गरिसकेका छन् । उनको उक्त चलचित्रमा उनको लिड रोल रहेको थियो जसले धेरैलाई प्रभाव समेत पारेको थियो । यसै गरि उनले नेपाली चलचित्र तथा कला संस्कृतिको विकास र प्रवर्धनको लागि अन्तराष्ट्रिय स्तरमा गठित इनास इन्टरनेसनल नेप्लिज आर्टिस्ट सोसाईटी बेल्जियम च्याप्टरको नेत्रित्वो समेत गरिरहेका छन् । उनको यस कामले यूरोपमा नेपाली कला संस्कृति विकास र विस्तार हुनुको साथै धेरै नेपाली युवायुवतीहरुको कला समेत बाहिर आइरहेको छ ।
lappan-chappan
अभिनेता श्याम श्रेष्ठ नेपाली चलचित्रमा मात्र होइन बिदेशी कला क्षत्रमा स्थापित भईरहेको अवस्था छ । उनले बेल्जियममा बसेर गेब्रोकेन वाटर ( डच शोर्ट फिल्म ) , सुटकेस ( इंगलिस शोर्ट फिल्म ) , द लास्ट सट (इंगलिस शोर्ट फिल्म ) , द दाख ( डच टिवी सिरिएल ) र थुप्रै नेपाली म्युजिक भिडियोमा समेत उनले काम गरिसकेका छन् । यस्तै उनले हलिउड फिल्म “आइरोन इस्काई २ ” नामक चलचित्रको अडिसन समेत पुगिसकेका छन् । यो हिसाबले उनि भित्र धेरै प्रतिभा भएको प्रष्ट पार्दछ । नेपाली चलचित्र मात्र होइन नेपाली कला साहित्य र संस्कृति बिदेशमा समेत फस्टाउनु पर्छ र यसको बजार विस्तार हुन जरुरी रहेको छ भन्ने मान्यता उनले राखेका छन् । त्यहि हिसाबले उनले धेरै मेहेनत यस कामको लागि गरिरहेका छन् । “लप्पन छप्पन” को बारेमा उनले बोल्दै चलचित्र निकै राम्रो बनेको र कुनै पनि किसिमको कन्जुसाई चलचित्रमा नगरिएको बताए । चलचित्रले दर्शकहरुलाई भरपुर मनोरंजन प्रदान गरे र चलचित्रमा कैद भएको यूरोपको त्यो रमणीय दृश्यहरुले दर्शकहरुको मन अवश्य खुशी बनाउने विश्वास समेत उनले व्यक्त गरे ।
lappan-chappan
lappan-chappan
चलचित्रको बहुसंखिक भाग युरोपका प्रसिद्ध देशहरु बेल्जियम , स्विजरल्याण्ड , नेदरल्याण्ड , फ्रान्स , लग्जम्बर्गमा छायांकन गरिएको छ । यस्तै चलचित्रमा नया किसिमको एक्शनको प्रयोग समेत गरिएको छ जुन दर्शकहरुलाई औधि नै मनपर्ने पक्का नै छ । गोल्डेन हिल्स पिक्चर्स र बाशुलीङ फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई , सौगात मल्ल , अर्पण थापा , वर्षा शिवाकोटी , नव नायक प्रकाश जंग शाह र सिड खरेल , देवु श्रेष्ठ , राजु लामा लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । यस चलचित्रमा छायाँकार पुरुषोतम प्रधान , सम्पादक सुरेन्द्र पौडेल , साउण्ड डिजाइनर उत्तम न्यौपाने , ब्यागग्राउण्ड इम्माम बिक्रम शाह , कलरिस्ट राजेन्द्र मोक्तन रहेका छन् । चलचित्रमा चन्द्र पन्त को द्वन्द समावेश रहेको छ | चलचित्रको कथा वस्तु ओस्कार कलेज अफ फिल्म स्टडिजबाट स्क्रिप्ट लेखन तथा निदेशनमा स्नातक गरेका प्रवेश पौडेल र प्रकाश जंग शाहद्वारा तयार पारिएको हो | चलचित्रको निर्माता डम्बर चन्द हुन् । यस्तै उनलाई सह निर्माता इन्द्र प्रसाद खरेल तथा कार्यकारी निर्माता सहदेव गौतमले साथ दिएका छन् । चलचित्रको निर्देशन युवा निर्देशक मुकुन्द भट्टले गरेका छन् । उनि यतिबेला सबैको नजरमा समेत पारेका छन् अब उनको कामले दर्शकहरुको मन कति खुशी बनाउने हो त्यो हेर्न भने केहि समय पर्खिनै पर्ने हुन्छ । चलचित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनु भएको छ ।
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: