Wed. Apr 24th, 2024

मनोरंजनसंसार डटकम
चैत्र १८ गते प्रदर्शन मिति तय गरेको चलचित्र “पलाँस” ले अब भने आफ्नो प्रचार प्रसार तीव्र पार्दै लगिरहेको छ । प्रदर्शन मिति नैकिदै गर्दा राजधानीमा निर्माण पक्षेले पत्रकार सम्मेलन गरेको छ । पत्रकार सम्मेलनमा निर्माण पक्षे सहित नायिका रेखा थापा र नायक आयुव केसीको उपस्थित रहेको थियो । उक्त कार्यक्रममा निर्माण पक्षेले चलचित्रको बारेमा जानकारी दिएको थियो ।
palash
चलचित्रले यस अगाडी आफ्नो ट्रेलर र गीत सार्वजनिक गरेको थियो जसले दर्शकहरु माझमा उत्सुकता थपेको पनि छ । सार्वजनिक ट्रेलर अनुसार चलचित्रमा हाम्रै नेपाली समाजको कथा वस्तु र वास्तविक घटना क्रमलाई चित्रण गर्न खोजिएको छ । चलचित्रको गीत संगीत पनि चलचित्रको बलियो पक्षे रहेको निर्माण पक्षेको भनाई रहेको छ । यसै गरि चलचित्रमा हामी नायिका रेखा थापालाई अरु चलचित्र भन्दा केहि फरक भूमिकामा हेर्न सक्छौ भने खलपात्रका रुपमा कामेश्वर चौरासियालाई पनि केहि पृथक नै देख्न सकिन्छ ।
palash
निर्देशक सुवास कोइरालाको निर्देशनमा तयार भएको चलचित्रलाई कृषा चौलागाईंले निर्माण गरेकी हुन् । चलचित्रमा सुसान प्रजापतिको छायांकन , कविराज गहतराजको नृत्य , अर्जुन पोखरेल र प्रदीप बास्तोलाको संगीत र सानु कुमार महर्जनको द्वन्द निर्देशन रहेको छ । चलचित्रको सार्वजनिक ट्रेलर संगै निर्माण पक्षेले चलचित्रको प्रचार प्रसार तीव्र पारेको छ । चलचित्रको बजार वितरकको जिम्मा भने गोबिन्द शाहीले लिनु भएको छ । चलचित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनु भएको छ ।
हेर्नुस ट्रेलर :

हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: