Wed. Apr 24th, 2024

मनोरंजनसंसार डटकम
सन्तोष सेनको निर्माणमा बनेको चलचित्र “प्रेम गीत २” ले प्रदर्शन मिति तय गरेको छ । चलचित्र अर्को बर्ष साउन १३ गते दर्शक माझ प्रदर्शनमा आउने छ । निर्माण पक्षेले चलचित्रको अभिनेता प्रदिप खड्काको जन्म दिनको अवसर पारेर चलचित्रको प्रदर्शन मिति तय गरेको हो ।
premgeet2
निर्माण पक्षेले नायक प्रदिप खड्काको जन्म दिन पनि निकै राम्रो तरिकाले मनाएको छ । आफ्नो जन्म दिनको त्यो सरप्राइजको लागि निर्माण पक्षे प्रति आभार प्रकट गर्दै उनले चलचित्रको सफलताको कामना समेत गरे । यस्तै उनले चलचित्र निकै राम्रो बनेको र आफुले आफ्नो तर्फबाट सक्दो न्याय गर्ने कोसिस गरेको कुरा पनि बताए । चलचित्रमा उनको अपोजिटमा नायिका अश्लेषा ठकुरी छिन् ।
premgeet2
आशुसेन फिल्म्सको तेश्रो प्रस्तुतीमा निर्माण भएको चलचित्रलाई रामशरण पाठकले निर्देशन गरेका छन् । यस्तै उनले चलचित्रले दर्शकहरुलाई देशको मात्र होइन विदेशको समेत अनुभव गराउने कुरा बताएका छन् । यस्तै निर्माता सन्तोष सेनले पनि आफुहरुले कुनै पनि किसिमको कन्जुसाई चलचित्रमा नगरेको बताएका छन् । दर्शकहरुले भरपुर मनोरंजन प्राप्त आफ्नो चलचित्रबाट गर्नुहुने विश्वास समेत उनले ब्यक्त गरे । यस्तै निर्माण पक्षेले नवनिर्वाचित चलचित्र पत्रकार संघको पदाधिकारीहरुलाई सम्मान ब्यक्त गर्दै ५५ हजार ५ सय ५५ रुपैंयाको नगद सहयोग गरेको छ ।

Leave a Reply

%d bloggers like this: