Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
नेपाली गीत संगीतको इतिहास आजको होइन धेरै अगाडीको हो । यस बिचमा धेरै उतार चडाप नेपाली गीत संगीत भए धेरै राम्रा राम्रा कुराको उत्पत्ति भए र केहि कमि कमजोरीहरु पनि दर्शिए । यस्तै यो लामो इतिहास पल्टाई रहदा हाम्रा अग्रज स्रष्टाहरुलाई भने छुटाउन मिल्दैन । अग्रजहरुको योगदानले नै आज नया पुस्ताले मौका पाएका छन् । आजको दिन सम्म नेपाली गीत संगीतलाई सबैको माझमा जीवित राख्नको लागि अग्रजहरुले धेरै योगदान दिएका छन् । आजको बेलामा अग्रजहरुको बारेमा विश्लेषण गर्दा धेरैको नाम आउन सक्छ । तर त्यहि नामहरुको भिडमा एउटा नाम हो कम्पोजर तथा गायक डम्बर खापुङ सुब्बा | इतिहासलाई फर्केर हेर्ने हो भने उनको नाम अझै पनि ताजा नै छ । नेपाली गीत संगीतको यात्रामा उनले निकै लामो समय बिताएका छन् । त्यो बिचमा उनले नेपाली दर्शक श्रोता माझमा आफ्नो कृतिहरु पनि राखे जसलाई दर्शक श्रोताहरुले रुचाए पनि र आत्मसाथ पनि गरे ।
damber-khapoong-subba
उनले आफ्नो नया एल्बम “यो मान भाग २” बाहिर लिएर आउने कुरा पनि केहि समय अगाडी सार्वजनिक भईसकेको छ । तर उनले आफ्नो एल्बमको तयारी बाहेक अरुको एल्बममा पनि काम गरिरहेका छन् । यहि हिसाबले उनले लक्ष्मण रसाइलीको एकल शब्दमा आउदै गरेको नया एल्बममा आफ्नो एक्ल संगीत दिएका छन् । त्यहि अन्तर्गत उनको संगीतमा तयार भएको अनि फेरी पश्चिम हेरी टोलाएर रोए बोलको एक गीतको रेकर्डिङ कार्य सम्पन्न भएको छ । उनको संगीत र उदय राज पौडेलको अरेन्जमा गायिका मेलिना राईले त्यस गीतमा स्वर भरेकी छिन् । एल्बममा फास्ट नम्बर लगाएतका विभिन्न भावुक गीतहरुको मिश्रण रहने जानकारी कम्पोजर तथा गायक डम्बर खापुङ सुब्बाले बताएका छन् । यस्तै आफुले सक्दो राम्रो संगीत उक्त एल्बममा गर्ने प्रयास गरेको र दर्शक श्रोताहरुको मन धेरै हद सम्म छुने विश्वास समेत आफुले राखेको उनले बताए । उक्त एल्बम २०१८ को पहिलो महिनामा बाहिर आउने सम्भावना रहेको कुराको जानकारी समेत उनले दिएका छन् ।
damber-khapoong-subba
त्यस बाहेक पनि उनले धेरै अरु नया तथा पुराना कलाकारहरुको कलेक्सन एल्बमको साथमा एक्ल एल्बममा समेत आफ्नो कम्पोजिसन र संगीत दिइरहेका छन् । उनको आवाजमा केहि समय अगाडी नै “दार्जेलीङ ज्यान को” बोलको गीत सार्वजनिक भएको थियो जसले दर्शक श्रोताहरुको मनमा राज गरेको छ । लोक भाकामा तयार गरिएको गीतमा उनलाई गायिका तारा लिम्बुले स्वरमा साथ दिएकी छिन् । यो लामो समयको यात्रामा आफुले पुराना धेरै अनुभव बटुलेको र बदलिदो परिवेश संगै आएका परिवर्तन देखि पनि धेरै कुरा सिकेको उनले बताए । यस्तै आफ्नो पुरानो अनुभव र नया सोच सबैलाई समेटेर अब अगाडी निकै राम्रो राम्रो प्रस्तुति दर्शक श्रोता माझ राख्ने प्रतिबध्ता समेत उनले जाहेर गरेका छन् । पहिलेको र अहिलेको दर्शक श्रोताहरुमा धेरै परिवर्तन आएको र त्यो बिचको परिवर्तनलाई एक साथ जोड्नु पर्ने आवश्यक समेत रहेको उनको भनाई रहेको छ । त्यहि बिचको अन्तरलाई आफुले आफ्नो तर्फबाट सक्दो संगै समेटेर लिएर जाने प्रयास गर्ने कुरा समेत उनले बताएका छन् ।
damber-khapoong-subba
आज उनि ७ समुन्द्र पारीको देशमा बसोबास गरिरहेका छन् । तर नेपालीपन र आफ्नो भाषा कला संस्कृतिलाई उनले कदापी हराउन दिएका छैनन् । अमेरिकाको त्यो बिदेशी सहरमा समेत नेपाली कला संस्कृतिको उत्थान गर्ने प्रयासमा उनि धेरै अगाडी देखि लागिपरेका छन् । यस्तै नेपाली युवा जनशक्तिलाई समेत नेपाली कला संस्कृतिको बारेमा विश्लेषण गर्दै यसको जगेर्ना गर्नु पर्ने कुराको प्रेणा समेत उनले दिएका छन् । अमेरिकामा आयोजित प्राय नेपाली सांस्कृतिक कार्यक्रममा उनको उल्लेखनीय उपस्थिति रहन्छ र सधैब उनले त्यहाँ उपस्थित नेपालीहरुलाई नेपाली कला संस्कृतिको संरक्षण गर्न उत्प्रेरित गरिरहेका हुन्छन । उनको प्रयासले धेरै व्यक्तिहरुमा प्रेरणा समेत मिलेको छ । अझ भन्नु पर्दा नेपाली युवा जो अमेरिकामा बसिरहेका छन् उनीहरुमा बिशेष प्रभाव परेको देखिन्छ । नेपाली गीत संगीत आफ्नो पहिलो प्राथमिकतामा पर्ने र सधैब यसको विकास र प्रवर्धनको लागि आफु लागिपर्ने कुरा समेत उनले बताउदै आइरहेका छन् ।
damber-khapoong-subba
उनि बिदेशी भूमिको ब्यस्त जीवनमा रहेर पनि नेपाली कला संस्कृतिलाई बढावा दिने काममा निरन्तर लागिपरेका छन् । आफुले गरेको प्रयास नेपाली दर्शक श्रोताहरुको धेरै साथ रहेको र यसले आफुलाई धेरै नै उर्जा मिलेको कुरा पनि उनले उल्लेख गरेका छन् । आगामी दिनहरुमा नेपाली दर्शक श्रोताहरुको लागि राम्रो राम्रो प्रस्तुतिहरु आफुले बाहिर लिएर आउदै गरेको र त्यसलाई सम्पूर्ण नेपाली दर्शक श्रोताहरुले सहि मुल्यांकन गरिदिनुहुने आशा आफुले राखेको उनको भनाई रहेको छ । यस्तै उनले देशमा तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुलाई नेपाली गीत संगीत सुनिदिनुहुन हेरिदिनुहुन र आफ्नो तर्फ देखि आफ्नो कला संस्कृतिको विकास र प्रवर्धनको लागि सक्दो जोड दिनुहुन समेत आग्रह गरेका छन् । यस्तै आफ्नो प्रस्तुतिहरु हेरेर सुनेर सधैब मनमा लागेका प्रतिक्रिया दिनुहुन र अझै अगाडी राम्रो गर्न आफुलाई हौसला समेत प्रदान गरिदिनुहुन सम्पूर्ण नेपाली दर्शक श्रोताहरुलाई हृदय देखि नै अनुरोध समेत गरेका छन् ।
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: