Thu. Mar 28th, 2024

मनोरंजनसंसार डटकम
निर्माणको घोषणा सहित केहि समय अगाडी देखि छायांकन सुरु भएको चलचित्र “निसाफ” मा अभिनेता रोबिन तामाङको आगमन भएको छ । रोबिनको अभिनयले धेरैको मन जितिसकेको छ । उनि प्राय खलपात्रको रुपमा नै देखिनछन् । यहि हिसाबले यस चलचित्रमा पनि खलपात्रको रुपमा नै देखिने भएका छन् । तर पहिले भन्दा यसमा उनको लुक्स अनि भूमिका समेत केहि फरक रहने कुरा निर्माण पक्षेले बताएको छ ।
nisaf
यस्तै चलचित्रमा नायक अनुप विक्रम शाही लिड रोलमा रहेका छन् । यसपटक उनको भूमिका पहिलेको चलचित्रहरुमा भन्दा फरक देख्न सकिन्छ । देश भक्त पुलिस अफिसरको भूमिकामा हामी चलचित्रमा उनलाई हामी हेर्न सक्छौ । यस्तै आफुले पाएको यस चलचित्रको पात्रलाई सक्दो न्याय गर्ने कुरा पनि उनले बताए । यति बेला उनि नेपाली दर्शकहरुको माझमा चर्चामा रहेका छन् । उनको अभिनय , सुन्दरता र ब्यक्तित्वोको प्रशंसा गर्ने व्यक्तिहरुको संख्या पनि यति बेला बढ्दो छ ।
anup-bikram-shahi
सुपरियल फिल्म्सको ब्यानरमा निर्माण हुदै गरेको चलचित्रमा अनुप र रोबिन संगै सरोज खनाल , धुर्ब कोइराला , यादव बैरागी , भरत ढुङगाना , सगुन थापा , बिजयजङ रायमाझी , रबिना खतिवडा लगायतका कलाकारको मुख्य अभिनय रहेको छ । विवेक सापकोटाको प्रस्तुति रहेको चलचित्रमा दिव्य सुवेदीको छायांकन , मनोज चौलागाइको संगीत , श्री श्रेष्ठको द्धन्द्ध र कविराज र बब्बुको नृत्य समावेश गरिएको छ ।
anup-bikram-shahi
चलचित्रको लेखन तथा निर्देशन विवेक सापकोटाले गरेका छन् । चलचित्रका निर्माता भने यस जंग राना हुन् । चलचित्रको ४० प्रतिशत छायांकन सकिसकेको छ । चलचित्रको छायांकन यति बेला निकै तीव्र गतिमा भईरहेको छ । निर्माण पक्षेले चलचित्रको नायिकाको बारेमा भने कुनै खुलासा गरेको छैन ।

Leave a Reply

%d bloggers like this: