Fri. Mar 29th, 2024

मनोरंजनसंसार डटकम
चैत्र १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र “पलाँस” को नया गीत सार्वजनिक भएको छ । “तिमी साथमा हुदा” बोलको गीतमा दयाराम पाण्डेको शब्द , अर्जुन पोखरेलको संगीत र युवराज चौलागाईको स्वर रहेको छ । इमोसनल तरिकाको गीतमा हामी नायिका रेखा थापा र नायक आयुव केसीको प्रेमभाव देख्न सक्छौ ।
प्रदर्शन मिति नजिकिदै गर्दा यति बेला चलचित्र निर्माण पक्षेले आफ्नो प्रचार प्रसार तीव्र पार्दै लगिरहेको छ । चलचित्रको सार्वजनिक ट्रेलरले पनि दर्शकहरुको मनमा एक किसिमको उत्सुकता उत्पन्न गराएको देखिन्छ । गीत संगीत पनि चलचित्रको अब्बल पक्षे रहेको कुरा निर्माण पक्षेले बताएको छ ।
निर्देशक सुवास कोइरालाको निर्देशनमा तयार भएको चलचित्रलाई कृषा चौलागाईंले निर्माण गरेकी हुन् । चलचित्रमा सुसान प्रजापतिको छायांकन , कविराज गहतराजको नृत्य , अर्जुन पोखरेल र प्रदीप बास्तोलाको संगीत र सानु कुमार महर्जनको द्वन्द निर्देशन रहेको छ । चलचित्रको सार्वजनिक ट्रेलर संगै निर्माण पक्षेले चलचित्रको प्रचार प्रसार तीव्र पारेको छ । चलचित्रको बजार वितरकको जिम्मा भने गोबिन्द शाहीले लिनु भएको छ ।
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: