Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
केहि समय अगाडी निर्माणको घोषणा गर्दै छायांकनमा गएको चलचित्र “धनपति” को सम्पूर्ण छायांकन सकिएको छ । निर्देशक दिपेन्द्र के खनालको निर्देशन तयार हुदै गरेको चलचित्रको शनिवार प्याकअप भएको कुरा निर्माण पक्षेले जानकारी दिएको छ ।
dhanapati tea
चलचित्रमा खगेन्द्र लामिछाने र सुरक्षा पन्त मुख्य अभिनयमा रहेका छन् । बर्ष २०७२ को सर्भादिक सफल चलचित्रको उपाधि प्राप्त गरेको पशुपतिप्रसाद को टिमद्वारा बन्दै गरेको यस चलचित्रको पनि फ्लोरमा जाने बेला देखि नै चर्चा भईरहेको छ । चलचित्रलाई निकै आशावादी र सम्भावना बोकेको चलचित्रको रुपमा पनि धेरैले यति बेला लिइरहेका छन् ।
सामाजिक कथामा केन्द्रित रहेर चलचित्रको निर्माण भएको कुरा निर्माण पक्षेले बताएको छ । एउटा व्यक्ति भित्रको अहंकारले उसलाई कति सम्मको समस्यामा पार्दछ लगाएतका बिषय बस्तुमा चलचित्रको कथा वस्तु घुम्दछ । चलचित्रका कार्यकारी निर्माता रोजिना सिटौला हुन् भने सह निर्मातामा रजना नापित र समीर देवकोटा रहेका छन् । निर्माण पक्षेले असार २३ को लागि प्रदर्शन मिति पनि पहिले नै तय गरिसकेको छ ।

Leave a Reply

%d bloggers like this: