Fri. Mar 29th, 2024

मनोरंजनसंसार डटकम
प्रदर्शनको लागि तयार भएको चलचित्र “बन्धन” को राजधानीमा एक कार्यक्रम बीच पोस्टर रिलिज सहित प्रचार प्रसार सुरु गरिएको छ । चलचित्र विकास वोर्ड अध्यक्ष राजकुमार राई , प्राविधिक संघ अध्यक्ष पुस्कर लामा र चलचित्रको कलाकार सहितको टोलिले पोस्टर सार्वजनिक गरे । चलचित्रमा सविन श्रेष्ठ र पुर्णिमा लामाको मुख्य अभिनय रहेको छ ।
निर्माण पक्षेको अनुसार चलचित्रले पारिवारिक प्रेम कथा बोल्छ । हाम्रै नेपाली समाजको कथा वस्तु र घटना क्रमलाई समायोजन गरेर अरु पनि थुप्रै कुराको मिश्रण गरेर चलचित्र तयार गरिएको कुरा निर्माण पक्षेले बतायो । चलचित्रलाई समिर मियाँले निर्देशन गरेका छन् ।
bandhan
शिशिरजय खरेलको निर्माणमा तयार भएको चलचित्रको प्रदर्शन मिति पनि उक्त कार्यक्रम बीच नै सार्वजनिक गरियो । चलचित्र बैशाख १५ गते देखि प्रदर्शनमा आउने कुरा भएको छ । उनले आफु नेपाली चलचित्र क्षत्रको कान्छा निर्माता रहेको कुरा पनि दाबी गरेका छन् । यस्तै उनले चैत्र पहिलो हफ्तामा ट्रेलर रिलिज भए संगै प्रचार प्रसार अझै बढी व्यापक हुने कुरा बताए ।
यस्तै उक्त कार्यक्रम बीच नै डिबी बम्जन प्रस्तुतकर्ता तथा शिशिर खरेल नै निर्माता रहने गरि अर्को नया चलचित्र “गुलाबी” को पनि निर्माणको घोषणा गरिएको छ । उक्त चलचित्रको लागि कलाकारहरुको छनोट भईनसकेको तर निर्देशक भने देवकुमार श्रेष्ठ रहने कुरा निर्माता शिशिर खरेलले बताए ।

Leave a Reply

%d bloggers like this: