अभिनेता दिपक क्षत्रीको गुमेको स्वर फिर्ता गराउन “राज्जा रानी” युनिटद्वारा रकम संकलन सुरु

मनोरंजनसंसार डटकम
निकै लामो समय देखि नेपाली चलचित्र क्षत्रमा आफ्नो जीवन व्यतित गर्दै आइरहेका अभिनेता दिपक क्षत्रीको स्वर गुमेको छ । आफ्नो स्वर गुमेकै भएपनि उनि अभिनयमा भने निरन्तर लागिपारेका छन् । तर अब भने उनको स्वर फर्काउनको लागि पहल सुरु भएको छ । उक्त पहल यति बेला छायांकनको क्रममा रहेको चलचित्र “राज्जा रानी” युनिट ले गरेको छ । यसको कामको सुरुवात चलचित्रका निर्माता एम के पौडेलबाट भएको हो । उनले १ लाख ११ हजार १ सय ११ रुपैयाँ बैंक खाता खोलेर जम्मा गर्ने घोषणा गरेपछि कलाकार र प्राविधिकले पनि सहयोगको लागि हात सारेका छन् ।
पहल सुरु भए संगै अहिले सम्म २ लाख २१ हजार संकलनको निधो भएको छ । यस्तै केहि दिन अगाडी नेपालगंज छायांकनको क्रममा रहेको चलचित्र युनिटले उनको छायांकन स्थलमा नै सरप्राइज जन्मदिन पार्टी आयोजना गरेको थियो । उक्त कार्यक्रममा नै चलचित्र निर्माता पौडेलले अभिनेता दिपक क्षत्रीको स्वर फिर्ता गरेरै छाड्ने प्रतिबध्ता समेत जाहेर गरे ।
अभिनेता दिपक क्षत्रीको स्वर नलीमा मासु पलाएको हुनाले स्वर गुमेको उनले बताए । शल्यक्रियाको लागि झन्डै ५ लाख चाहिने क्षेत्रीले बताए । अभिनयको करियरमा पहिलो पटक छायांकन सेटमा जन्मदिन मनाएका क्षेत्री आफूप्रति उक्त सम्मानले निकै प्रफुलित देखिन्थे । उनको शल्यक्रियाको लागि अभिनेत्री केकी अधिकारी (२५ हजार), अभिनेता नाजिर हुसेन (२५ हजार) , छायांकार पुरुषोत्तम प्रधान (१० हजार) , मेकअप सरल बुढाथोकी (५ हजार) , निर्देशक यम थापा (१० हजार) , भान्से हरि थापा (५ हजार) ले सहयोग घोषणा गरेका छन् ।
चलचित्रको यतिबेला नेपालगंजको रनियापुर , बानियाँगाउँ , नेपालगंजबजार , जमुनिया लगायतका स्थानमा धमाधाम छायांकन भईरहेको छ । चलचित्रको छायांकन निकै राम्रो भईरहेको कुरा निर्देशक यम थापाले बताए ।

Leave a Reply