Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
४ बर्ष पहिले निर्माण घोषणा पश्च्यात रोकिएको चलचित्र “फाटेको जुत्ता” अब भने निर्माण हुने भएको छ । निर्माता अर्जुन कुमारको लगानीमा निर्माण हुन लागेको चलचित्रको राम्रो स्क्रिप्ट नपाएर काम रोकिएको थियो । निर्माण घोषणा संगै उनले पब्लिकबाट स्कृप्ट माग गरेका थिए र त्यहि मध्य उत्कृष्ट छानेर चलचित्र बनाउने र स्क्रिप्ट दिने व्यक्तिलाई १ लाख पुरस्कार समेत दिने कुरा समेत थियो ।
अन्तत ४ बर्ष पछि निरज महर्जनको कथामा उक्त चलचित्र निर्माण हुने पक्का भएको छ । डेढ करोडको बजेट तोकिएको चलचित्र आउदो बैशाख १५ देखि फ्लोरमा जाने कुरा समेत निर्माण पक्षेले बताएको छ । चलचित्रको लागि सौगात मल्ल र प्रियंका कार्की अनुबन्दित भईसकेका छन् भने उनीहरुको साथमा चलचित्रमा कामेश्वर चौरासिया, बुद्धी तामाङ, रविन्द्र झा, आमिर गौतम, सन्दिप क्षेत्री, रमेश रंजन झाको समेत मुख्य भूमिका रहने कुरा पनि बताईएको छ । चलचित्र कमेडी फ्लेवरमा निर्माण हुने र दर्शकहरुले भरपुर मनोरंजन प्राप्त गर्नुहुने विश्वास निर्माता अर्जुन कुमारले ब्यक्त गरे ।
यस्तै उनको अनुसार चलचित्रको सम्पूर्ण छायांकन बिरगंजमा हुनेछ । धेरै बर्ष अगाडीको आफ्नो ड्रिम प्रोजेक्ट अहिले आएर सुरु हुन गईरहेको हुदा आफु निकै नै खुशी रहेको कुरा पनि उनले बताए । यस्तै चलचित्र निर्माणमा कुनै पनि किसिमको कमि नराख्ने र निकै नै राम्रो चलचित्र तयार पारेर दर्शकहरु सामु पेश गर्ने निर्माता अर्जुन कुमारले बताए ।

Leave a Reply

%d bloggers like this: