Wed. Apr 24th, 2024

मनोरंजनसंसार डटकम
केहि दिन अगाडी मात्र राजधानीमा एक कार्यक्रम बीच ट्रेलर सार्वजनिक गरिएको चलचित्र “मेरी कुसुम” को प्रदर्शन मिति तय भएको छ । चलचित्र अर्को बर्षको जेठ २५ गते प्रदर्शनमा आउने छ । ट्रेलर सार्वजनिक कार्यक्रममा प्रदर्शन मिति भने तय गरिएको थिएन ।
एन.आर घिमिरेको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा नायिका हर्षिका श्रेष्ठ र नायक मोहन बोगटीको लिड अभिनय रहेको छ । चलचित्र एक्शन प्रदान रहेको र साथमा प्रेमको कुरालाई पनि मुलधार बनाएर चलचित्रको निर्माण गरिएको छ ।
रुद्राक्ष फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा दिब्य राज सुबेदीको छायांकन , टंक बुढाथोकीको संगीत , सम्राट बस्नेतको द्वन्द र कविराज गहतराजको नृत्य निर्देशन रहेको छ । चलचित्रको निर्मात्री भने सुनिता शर्मा बोगटी रहेकी छिन् । चलचित्रको गीत संगीत निकै अब्बल रहेको कुरा पनि बताईएको छ । यस्तै एक्शनले भरिपूर्ण रहेको चलचित्रमा नायक मोहन बोगटीको नया एक्शन हेर्न सकिनेछ ।
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: