Tue. Apr 23rd, 2024

मनोरंजनसंसार डटकम
युवा पुस्ताको जल्दो बल्दो कथामा आधारित रहेको निर्माण गरिएको चलचित्र “सायद २” ले आफ्नो नया गीत सार्वजनिक गरेको छ । “उडे उडे उडे” बोलको गीतमा सुगम पोखरेलको शब्द संगीतको साथमा सागर पाण्डे , अस्मिता उप्रेती , कमल के क्षत्री र सुगम पोखरेलको स्वर समावेश रहेको छ । गीतले युवा पुस्तामा राम्रो चर्चा कमाईरहेको छ । यसै गरि चलचित्रको प्रदर्शन मिति पनि तय भएको छ । चलचित्र अर्को बर्ष असार ३० गते प्रदर्शन हुने कुरा निर्माण पक्षेले बताएको छ ।
यस्तै चलचित्रले केहि समय अगाडी नै आफ्नो टिजर सार्वजनिक गरिसकेको छ । चलचित्रको चर्चा परिचर्चा निर्माणको बेला देखि नै भईरहेको हो । चलचित्र निकै नै राम्रो बनेको र नेपाली समाजको अहिलेको वास्तविक कथा वस्तुमा रहेर चलचित्रको निर्माण गरिएको कुरा निर्माता सुनिल रावलले बताएका छन् । यस्तै चलचित्रमा मनोरंजनका धेरै खुराकहरुको मिश्रण समेत गरिएको कुरा समेत उनले बताएका छन् ।
नेपाली चलचित्रमा धेरै राम्रा राम्रा चलचित्र निर्माण गरेर दर्शकहरुको मनमा छुट्टै पहिचान बनाईसकेका निर्माता हुन् सुनिल रावल । यस अर्थले पनि दर्शकहरुले “सायद २” बाट धेरै कुराको अपेक्षा यतिबेला राखेको देखिन्छ । त्यहि अनुरुप आफुले पनि कुनै किसिमको कमि चलचित्रमा हुन नदिएको कुरा निर्माता रावलले स्पष्ट पारेका छन् ।
दुर्गिश फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा सुशील श्रेष्ठ , शारोन श्रेष्ठ , अमृत ढुंगाना , कुशल पाण्डे , सुनिल रावल , सुशील सिटौला निशा कार्की , रुबिना श्रेष्ठ , बुद्धि लाल मगर लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । चलचित्रमा सुनिल रावलको कथा , राजु विक्रम थापाको छायांकन , अष्ट महर्जनको द्वन्द र गोविन्द राई र विक्रम स्वारको नृत्य निर्देशन रहेको छ । चलचित्रको लेखन तथा निर्देशन पुष्पराज टि न्यौपानेले गरेका छन् । यस्तै चलचित्रका निर्माता तर्फ भने सुनिल रावल , इश्वोर श्रेष्ठ र सुवास लामिछाने रहेका छन् ।
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: