Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
चैत्र १८ गतेको प्रदर्शन मिति तय गर्दै चलचित्र “पलाँस” ले आफ्नो ट्रेलर सार्वजनिक गरेको छ । धेरै पटक प्रदर्शन मितिको फेरबदल संगै यसपटक भने चलचित्रको प्रदर्शन मिति चैत्र १८ को लागि पक्का पक्कि नै भएको छ । सार्वजनिक ट्रेलरमा हामी नायिका रेखा थापालाई बिल्कुलै नया अवतारमा देख्न सक्छौ । यस्तै उनलाई यस नया अवतारमा नायक आयुव केसीले साथ दिएका छन् । यस्तै हामी ट्रेलरमा अर्का अभिनेता कामेश्वोर चौरसियालाई पनि भिलेनको रुपमा हेर्न सक्छौ । उनि भिलेन भएर नै देखा परे पनि उनको अहिले सम्मकै भिन्न लुक्स अनि अभिनय यसमा देख्न पाइएको छ ।
चलचित्रको सार्वजनिक ट्रेलर हेर्दा चलचित्र भित्र हाम्रै नेपाली समाजको वास्तविक घटना क्रमलाई नै समेटिएको देखिन्छ । यस्तै चलचित्रले केहि गहिरो संदेश दिने कुराको संकेत पनि ट्रेलरले दिएको छ । चलचित्रको कथा वस्तु र प्रस्तुति चलचित्रको अब्बल पक्षे रहेको कुरा निर्माण पक्षेले बताएको छ ।
निर्देशक सुवास कोइरालाको निर्देशनमा तयार भएको चलचित्रलाई कृषा चौलागाईंले निर्माण गरेकी हुन् । चलचित्रमा सुसान प्रजापतिको छायांकन , कविराज गहतराजको नृत्य , अर्जुन पोखरेल र प्रदीप बास्तोलाको संगीत र सानु कुमार महर्जनको द्वन्द निर्देशन रहेको छ । चलचित्रको सार्वजनिक ट्रेलर संगै निर्माण पक्षेले चलचित्रको प्रचार प्रसार तीव्र पारेको छ । चलचित्रको बजार वितरकको जिम्मा भने गोबिन्द शाहीले लिनु भएको छ ।
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: