Wed. Apr 24th, 2024

मनोरंजनसंसार डटकम
यति बेला जोड तोडले छायांकनको क्रममा रहेको चलचित्र “ग्याङ्गस्टर ब्लूज” को नया कुरा बाहिर आएको छ । प्रशंग हो प्रदर्शन मिति फेरबदल को जुन नेपाली चलचित्र क्षत्रमा अब सामान्य नै भईसकेको छ । यस्तै चलचित्र “ग्याङ्गस्टर ब्लूज” को प्रदर्शन मितिमा पनि फेरबदल आएको छ । यसअघि अर्को बर्ष २०७४ को भदौ २३ मा रिलिज हुने भनिएको चलचित्र अब भदौको २ गते नै रिलिज हुने भएको छ ।
नेपालगंजमा छायांकनको क्रममा रहेका चलचित्रका निर्माता सरोज न्यौपानेले यस बारेमा स्पष्ट पनि पारे । उनको अनुसार पहिले नायक अनमोल केसी स्टारर चलचित्र “कृ” को प्रदर्शन मिति दशैंमा हुदा हामीले भदौ २३ लाई पक्का गरेको हो तर अब कृ भदौ ९ मा आउने भएपछि हामीले त्यसको एक हफ्ता अगाडी भदौ २ मा नै आफ्नो चलचित्र लिएर आउने निर्णय गरेका छौ उनले भने । दुवै चलचित्र युवा पुस्तामा समेटिएको र मल्टिप्लेक्सलाई लक्षित गरेर बनाईदै गरिएको हुनाले पनि हलमा होल्ड ओभर कायम हुनसक्छ , दर्शकको मनोभावना जित्न नसक्दा दोश्रो हप्ताबाट “कृ” ले शो मा ओभरल्याप गर्नसक्छ ।
चलचित्र ग्याङ्गस्टर ब्लूज ले निर्माण घोषणाको बेला देखि नै चर्चा कमाईरहेको छ । पहिले अनमोल केसी नै चलचित्रमा खेल्ने कुरा हुदा पछि केहि कारण उनको बदलामा नव नायक आशिरमान देशराज आएका छन् । यस्तै चलचित्रलाई निर्देशक हेमराज बिसीले निर्देशन गर्दैछन् जसका कारण पनि चलचित्रको चर्चा चुलिएको छ । उनि आफैमा एक सम्भावना बोकेका निर्देशन हुन् र उनको कामको सबैको मनमा गहिरो छाप पनि परिसकेको छ ।
निर्माण पक्षेको अनुसार चलचित्रले अहिले सम्ममा ४५ प्रतिशत छायांकन सकिसकेको छ । चलचित्रमा आशिरमानसँगै आना शर्मा , संयम पुरी , प्रमोद अग्रहरी , रोजिशा शाहि ठकुरी मुख्य अभिनयमा रहेका छन् । यस्तै चलचित्रमा संगीतकार कालिप्रसाद बाँस्कोटाको संगीत समावेश रहेको छ ।

Leave a Reply

%d bloggers like this: