Fri. Mar 29th, 2024

मनोरंजनसंसार डटकम
karma-hyolmo
अहिले नेपाली गीत संगीत आकाशमा धेरै ताराहरु उदाउने क्रम निकै तिब्र छ | यसै ताराहरुको भिडमा एउटा ताराको नाम हो कर्म ह्योल्मो | नेपाली गीतसंगीत क्षत्रमा जीवन समर्पित गर्छु भनेर आएका यि युवा गाएक अहिलेको जनमानसमा निकै लोकप्रिय हुदै गईरहेका छन् | उनले गाएका गीतमा अहिले मान्छेहरु रमाईरहेका छन् | अहिले उनको “तिमी नै मेरो” भन्ने बोलको गीत निकै चर्चामा रहेको छ | निकै लामो समयको साधना र मेहेनत पछि आफु अहिले यस क्षत्रमा उभिएको कुरा उनले बताएका छन् | आफु यसै क्षत्रमा केहि गर्छु भनेर जन्मेको र अन्तिम सम्म पनि पछि नहट्ने विश्वास उनले ब्यक्त गरेका छन् | गीतसंगीतलाई आफ्नो जीवन मान्ने यि गाएक सिन्धुपाल्चोकको हेलम्बु भन्ने ठाउँबाट उदाएका हुन् | उनि भन्छन ” म नेपाली हो त्यसैले मेरो देशको लागि र मेरो देशबासीको लागि केहि गर्न पाउनु मेरो सौभाग्य हो ” | यिनै अहिलेका उदाउदो लोकप्रिय गाएक कर्मा ह्याल्मोसंग मनोरंजन संसार डटकमले गरेको कुराकानीको केहि अंश :
के छ हजुर सन्चै हुनुहुन्छ ?
हजुर सन्चै छु |
अनि आजभोली कता ब्यस्त हुनुहुन्छ ?
अब १ महिना भित्रमा मेरो एल्बम आउदैछ त्यसैले अहिले त म मेरो एल्बमको तयारीमा नै ब्यस्त छु |
हजुरको लागि गीत संगीत के हो ?
मेरो लागि गीत संगीत आफ्नो दुख अथवा खुसि अरुलाई साट्ने माध्यम हो | गीत संगीत मात्रै एउटा यस्तो चिज हो जसले मान्छेलाई सन्तुलित राख्दछ | गीत संगीतले कुनै पनि मान्छेलाई खुसि पार्दछ र आनन्दको महसुस समेत गराउदछ | मनमा लागेको कुराहरु गीत संगीतको माध्यमबाट हामी सजिलै अरु सम्म पुरयाउन सक्दछौ | गीत संगीतले कुनै पनि ठाउँलाई रंगीन बनाउदछ भने हरेक मान्छेलाई उसको दुख बिर्सिन मदत गर्दछ |
अहिले हजुरको “तिमी नै मेरो ” बोलको गीत बजारमा आएको छ कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
अहिले मैले निकै नै राम्रो प्रतिक्रिया पाइरहेको छु | सम्पूर्ण दर्शकहरुले एकदमै राम्रो छ भन्नु भाको छ त्यसैले मलाई निकै नै धेरै हौसला प्राप्त भएको छ | आफुले धेरै बर्षको मेहेनत र साधना पछि पहिलो चोटी यस गीत मार्फत मेरो पहिलो पाइला यस क्षत्रमा राखेको थिए तर मेरो यो कदमलाई सम्पूर्ण दर्शकहरुले सम्मान गरि मनबाट मनपराई दिनुभएको छ र आज आफुले ठुलो चिज प्राप्त गरेको महसुस भाको छ | दर्शकहरुको यो मायाले मलाई अगाडी बढ्नको लागि निकै नै धेरै हौसला मिलेको छ र म अबको दिनहरुमा यो भन्दा पनि अझै राम्रो गीतहरु मेरा भगवान रुपी दर्शकहरुलाई प्रस्तुत गर्ने प्रयास गर्नेछु |
हजुरको परिवारबाट हजुरलाई कत्तिको सहयोग र हौसला प्रदान भैरहेको छ ?
मेरो परिवारबाट मलाई सधै सहयोग र हौसला मिल्यो त्यसैले पनि आज म यहाँ सम्म आइपुग्न सकेको छु | मेरो हरेक पाइलामा उहाहरुले मलाई साथ दिनुभो र अगाडी बढ्न सधै उत्प्रेरित गर्नुभयो |
karma-hyolmo
अहिले यो बेलामा यतिका धेरै गाएक गाईकाहरु छन् के हजुर उनीहरु बीच टिक्न सक्नुहुन्छ त ?
हेर्नुस म काममा विश्वास गर्ने मान्छे हु | म आज जे छु आफ्नो कामले गर्दा छु र मलाई विश्वास छ राम्रो कामको यस क्षत्रमा अवस्य कदर हुन्छ | म कहिले पनि फलको आशा गर्दिन म आफ्नो कर्तब्य पुरा गर्छु बाकी सबै कुरा मेरा भगवान रुपी दर्शकहरु माथि छोड्छु र मलाई विश्वास छ उहाहरुले राम्रो कामको सहि ढंगले सहि मुल्यांकन गर्नु हुनेछ | त्यसैले टिक्ने नटिक्ने भन्ने कुरा त दर्शकहरुको हातमा छ मलाई यो कुरामा कुनै डर चिन्ता छैन म निरन्तर आफ्नो काम गरिरहने छु बाकी सबै दर्शकहरु माथि छोड्छु र भोलिको दिनमा जस्तो सुकै समस्या आएपनि म आफ्नो कर्तब्यबाट कहिले पनि पछि हट्ने छैन |
कत्ति गाह्रो हुदो रहेछ त गीत निकाल्नलाई ?
अब हेर्नुस गाह्रो त हुन्छ नै तर म भित्र इच्छा चाहना धेरै नै थियो मेहेनत पनि गरेको थिए र मेरो साथी संगीको साथ घरपरिवारको हौसलाले गर्दा पनि खासै गाह्रो भाको महसुस चाही मलाई भएन |
तपाइलाई कस्तो कस्तो गीत गाउन रुचि लाग्छ ?
मलाई यही भन्ने चाही छैन मन छुने र मनलाई खुसि र आनन्द मिल्ने कुनै पनि गीत म गाउछु |
गीत संगीत बाहेक हजुर अरु के गर्नुहुन्छ ?
गीत संगीत बाहेक मेरो आफ्नै होटेल व्यबसाय छ र साथसाथै म धेरै संग सस्थाहरुमा आबद्ध पनि रहेको हुनाले म समाज सेवामा पनि निकै नै सक्रिय छु |
अनि गीत संगीतमा चाही कसरी प्रवेश गर्नुभयो नि ?
मेरो खासमा सानो उमेर देखिको नै इच्छा चाहना हो गीतसंगीत | बिस्तारै ठुलो हुदै गए यो सम्बन्धि ज्ञान लिए सबै कुरा बुझे अनि धेरै मेहेनत र साधना गरेर अहिले यो क्षत्रमा प्रवेश गरे |
karma-hyolmo
हेन्डसम हुनु हुदो रहेछ अनि बिवाह गर्नु भाको छ कि नाई ?
अहिले त बिवाह गरेको छैन |
अहिले प्राय सबै आफ्नो गीतको भीडियोमा आफै खेलछन् तर हजुरले चाही खेल्नु भएन नि किन ?
हेर्नुस सबै चिज आफुले गर्न अलि असहज हुदो रहेछ फेरी सबैको खुबी आ-आफ्नो ठाउमा हुन्छ | मेरो सोचाई के हो भने हामीले नया चिज बाहिर प्रस्तुत गर्नु पर्दछ | मैले यतिका लामो वर्षको साधना र मेहेनत पछि यो ठाउमा आउदा म आफ्नो काममा मात्र ध्यान दिन चाहन्छु र साथसाथै अरुलाई पनि अवसर प्रदान गर्न चाहन्छु त्यसैले मैले आफ्नो गीतको भीडियोमा नया अनुहार राखेको छु |
आफुलाई यो क्षेत्रमा आउनको लागि कसलाई प्रेणाको स्रोत मान्नु हुन्छ ?
म दावा डि ह्याल्मोलाई आफ्नो प्रेणाको स्रोत मान्दछु | उहाले नै मलाई यस क्षत्रमा आउन प्रेरित गर्नुभएको हो | म भित्रको प्रतिभालाई अगाडी लेराउने काममा उहाको भूमिका निकै नै धेरै अपरिहार्ये रहेको छ | उहाले नै मलाई सहि मार्गदर्शन गराउनु भएको हो त्यसैले म उहालाई सधै सम्झिन्छु |
अन्त्यमा यो क्षत्रका अग्रसर व्यक्तिहरुलाई र हजुरको सम्पूर्ण दर्शकहरुलाई के भन्न चाहनु हुन्छ ?
म यस क्षत्रका सम्पूर्ण अग्रज व्यक्तिहरुलाई भित्रि मनबाट सम्मान गर्दछु | आज एक हिसाबले उहारुले नै हाम्रो लागि यो ठाउँ जोगाई राखिदिनु भएको छ | म उहाहरुलाई नया कलाकारहरुलाई पनि सम्मान गरिदिनुहोस् हौसला प्रदान गरिदिनुहोस अगाडी बढ्न उत्प्रेरित गरिदिनुहोस भन्न चाहन्छु | तपाईहरुबाट हामीले धेरै कुरा सिक्नु छ त्यसैले त्यो कुराहरु जान्नको लागि हामीलाई अवसर प्रदान गरिदिनुहोस् भन्न चाहन्छु | त्यसैगरि म सम्पूर्ण भगवान रुपी दर्शकहरुलाई मैले केहि राम्रो चिज हजुरहरुलाई प्रस्तुत गर्न खोजेको छु हजुरहरुलाई खुसि र सन्तुष्ट पार्ने प्रयास गरेको छु मेरो यस प्रयासलाई स्वीकार गरि अगाडी बढ्ने हौसला प्रदान गरिदिनुहोस् भन्न चाहन्छु | तपाईहरु हुनुभयो भने मात्र हामी छौ त्यसैले तपाईहरुको साथ र सहयोग बिना हामी अगाडी बढ्न सक्दैनौ त्यसैले हाम्रो कामको सहि मुल्यांकन गरि सल्लहा सुझाब दिनुहोस र केहि गल्ति भए सुधार्ने मौका समेत दिनुहोस भन्न चाहन्छु | हामी सबै नेपाली हौ त्यसैले जहाँ भएपनि सधै नेपाली गीतसंगीतलाई र नेपाली कलाकारहरुलाई माया र सम्मान गरिदिनुहोस भन्न चाहन्छु |

%d bloggers like this: