Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
OLYMPUS DIGITAL CAMERA
असार ५ गते आइतबारको दिन पारेर राजधानीमा एक कार्यक्रम बीच चलचित्र “एकपल” को अडियो सार्वजनिक गरिएको छ | अडियो बिमोचन कार्यक्रममा चलचित्रका कलाकारहरु देखि सम्पूर्ण पत्रकारहरुको बाख्लो उपस्थिथि रहेको थियो | कार्यक्रममा चलचित्र कलाकार संगका अध्यक्ष राम कृष्ण बोगटी , निर्माता संगका महासचिव केशव भट्टराई लगाएतका बिशिस्ट व्यक्तिहरुको सहभागिता रहेको थियो | कार्यक्रममा उपस्थित सम्पूर्णले चलचित्रको प्रोमो र गीतसंगीतको खुलेर प्रशंसा गरि चलचित्र “एकपल” टिमलाई शुभकामना समेत प्रदान गरेका छन् |
OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA
चलचित्र “एकपल” का निर्देशक राज शाक्य हुन् | उनले “रगुबीर” जस्ता सुपरहिट चलचित्र नेपाली दर्शकहरु माझ पस्किसकेका छन् | यस चलचित्रका निर्माता र नाएक राम लाल महर्जन हुन् | उनले भने ” यस चलचित्रमा म नाएक भएपनि आफुलाई नाएक भन्दा पनि निर्माता नै भन्न रुचाउछु ” | एकपलमा कुनै पनि सम्बन्ध बन्न सक्छ भने कुनै पनि सम्बन्ध खतम पनि हुन सक्छ भन्ने कुरालाई यस चलचित्रमा देखाउन खोजिएको कुरा उनले प्रस्ट पारेका छन् | चलचित्रमा राम लाल महर्जन , जेनिशा केसी , आकाश शाह लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ | चलचित्रका सह-निर्माता सुरज श्रेष्ठ हुन् | चलचित्रमा शब्दसंगीत महेश खड्काको रहेको छ भने अस्ट महर्जनको द्वन्द निर्देशन रहेको छ |
OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA
चलचित्र निकै नै राम्रो बनेको र सम्पूर्ण दर्शकहरुको मन जित्ने विश्वास निर्माता राम लाल महर्जनले ब्यक्त गरेका छन् | चलचित्रको कथा बस्तु र गीतसंगीत निकै नै बलियो पक्ष रहेको कुरा पनि उनले औल्याएका छन् | दर्शकहरुले चलचित्र “एकपल” बाट भरपुर मनोरंजन प्राप्त गर्नुहुने भनाई निर्देशक राज शाक्यको रहेको छ |चलचित्र यहि श्रावण २१ गते बाट देशभरका हलहरुबाट एकैपटक प्रदर्शनमा आउदै छ |
हेर्नुस ट्रेलर:

हेर्नुस गीत:

%d bloggers like this: