Thu. Apr 25th, 2024

नेपाली चलचित्र ‘भाग सानी भाग’को गीत सार्वजनिक भएको छ । रामचन्द्र काफ्ले र जुनु रिजालको स्वरमा रहेको ‘आई लभ यू’ बोलको गीतलाई  पुरानो शैलीमा केकी अधिकारी, सरोज खनाल, जीवन लुईँटेल र रमेश उप्रेतीलाई प्रस्तुत गरिएको छ ।keki
कविराज गहतराजले कोरियोग्राफी गरेको यो गीतमा उनले केही नयाँ प्रयोग पनि गरेका छन् । फिल्ममा केकी अधिकारीसँग अभिनेता सविन श्रेष्ठले काम गरेका छन् । सरोज, रमेश र जीवन भने फिल्म भित्र केकीको सपनामा आउछन् । सोही समयमा केकीले यो गीत संझिएकी हुन् ।
साथीभाई फिल्मस्का लागि बिष्णु चापागाँइको प्रस्तुतीमा बनेको यो चलचित्रलाई नवल नेपालले निर्देशन गरेका छन् भन्ने शब्द तथा संगीत चेतन सापकोटाको रहेको छ । चलचित्रमा केकी अधिकारी, सविन श्रेष्ठ, निर शाह, लय संग्रौला, रमेश वुढाथोकी, गिता अधिकारी, रविन्द्र खड्का, विष्णु सापकोटाको मुख्य भूमिका रहेको छ ।चलचित्रमा सहदेव गौतम र विलोल पोख्रेल निर्माताको रुपमा छन् । हिमाल केसीको एक्सन, दिव्यराज सुवेदीको छायांकन रहेको छ । फिल्म चैत्र ५ गतेबाट देशभर चल्नेछ ।

%d bloggers like this: