Fri. Mar 29th, 2024

चलचित्र ‘पशुपती प्रसाद’ को पहिलो पोस्टर सार्वजनिक भएको छ । दिपेन्द्र के।खनाल निर्देशित यो चलचित्रको पोस्टर हेर्दा निर्देशकले केहि फरक प्रस्तुती दिने प्रयास गरकेो अनुभुती हुन्छ । पोस्टरमा खगेन्द्र लामिछाने केही फरक अवतारमा देखिएका छन् ।
पोस्टरमा खगेन्द्रलाई हनुमानसँगै अगवासको जस्तै अवतारमा तर साडी जस्तै देखिने कपडाको सप्को बेरेको अवस्थामा देखिन्छ । यसैबीच चलचित्रको प्रदर्शन मिति माघ १५ लाई तय गरिएको छ ।
चलचित्रको अधिकांश दृश्य पशुपती क्षेत्र वरपर नै खिचिएको निर्माण युनिट बताउँछ । आफ्ना सपना पुरा गर्न एक युवकले गर्ने संघर्षको कथा बोलेको यो चलचित्रमा खगेन्द्रसँगै प्रकाश घिमिरे, रविन्दर सिंह बानियाँ, मिश्री थापा लगायतको अभिनय छ ।pashupati-prasad

%d bloggers like this: