Wed. Apr 24th, 2024

आगामी भाद्र ४ गते बाट प्रर्दशनमा आउने प्रतिक्षित सिनेमा होस्टेल रिटर्न्स, यति बेला अन्तिम प्रचार प्रसारको दौरानमा छ ।
यसै अन्तर्गत सिनेमा निर्माण ब्यानर दुर्गिश फिल्म्सले काठमाडौँ र भक्तपुरका बिभिन्न स्थानमा स्थानीय प्रतिभालाई समेटेर सिनेमा युनिट सहितको कन्सर्ट गर्ने आयोजना गर्ने भएको छ । जो कोहिले पनि उक्त कन्सर्टमा गित गाउन र प्रतिभा देखाउन पाउने निर्माता रावलले बताएका छन ।
hostel-in
यो योजना अन्तर्गत काठमाडौँमा २८ र २९ गते पेप्सीकोला, गोठाटार, मनोहरा र मुलपानीमा कन्सर्ट हुने छ भने ३०,३१ र ३२ गते भक्तपुरका बिभिन्न स्थानमा कलाकार सहित कन्सर्ट गरिनेछ । त्यस्तै, फेरी १, २ र ३ गते बसन्तपुर, गोंगबु, बसपार्क, टुँडिखेल र कलंकीमा कन्सर्ट हुने छ । कन्सर्टमा गाउन इच्छुक जो कोहीलाई समेत मौका दिइने पनि निर्माता सुनिल रावलले बताएका छन ।
सुरज भुषालले निर्देशन गरेको यो सिनेमा भदौ ४ गते रिलिज हुनेछ, कन्सर्ट सक्किने बित्तिकै सिनेमा युनिट देश दौडाहामा निस्किने समेत बुझिएको छ ।
बिभिन्न कलेजमा होस्टेल रिटर्न्स
hostelreturnsprachar
यसैबीच बिहिबार सिनेमाको युनिट सहित निर्माता सुनिल रावल काठमाडौँ बसुन्धरा स्थित कान्तिपुर सिभिल इन्जीनियरिंग कलेज पुजी त्यहाँ स्थित झन्डै ३०० बिद्धार्थी संग सिनेमा बारे अन्तरक्रिया गरेको छ ।
उक्त कार्यक्रममा थुप्रै बिद्धार्थीले आफुहरु जस्तै इन्जीनियर बन्ने सपना बोकेका युवाको बारे बनेको सिनेमा होस्टेल रिटर्न्स बारे जिज्ञासा राखेका थिए । उपत्यकाका अन्य बिभिन्न कलेजमा पनि आफुहरु यसै गरि युनिट सहित पुगेर बिद्दार्थी संग छलफल चलाउने पनी उनले बताएका छन ।
 

%d bloggers like this: