Tue. Apr 23rd, 2024

सिनेमा ‘वडा नम्बर छ’ को नया गीत रिलिज भएको छ ।  ‘सुर्के थैली खै’ बोलको उक्त रिलिज गीति भिडियोमा दीपकराज गिरी, दीपाश्री निरौला, दयाहाङ राई, प्रियंका कार्की, केदार घिमिरे ‘माग्ने बुढा’, सिताराम कट्टेल ‘धुर्मुस’ र रञ्जिता गुरुङको फिचारिंग रहेको छ ।
राजन राज सिवाकोटीको शब्द तथा संगीत रहेको लोक शैलीको गीतमा अन्जु पन्त, राजु बिश्वकर्मा र संगीतकार राजनराजको पनि स्वर रहेको छ । दिपा श्री निरौलाको समेत अभिनय रहेको यो भिडियोको कोरियोग्राफी भने शंकर बिसीले गरेका छन ।
woda number chha
‘उज्ज्वल घिमिरेले निर्देशित ‘वडा नम्बर छ’लाई दिपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्मा सहित सिनेमामा अभिनय गरेका हास्यकलाकारहरुको समुहले संयुक्त रुपमा निर्माण गरेको हो । मन कृष्ण श्रेष्ठ र दिपक बज्राचार्यले खिचेको सिनेमालाई गौतम राज खड्काले सम्पादन गरेका छन ।
हेर्नुहोस गीत:

 

%d bloggers like this: