Thu. Apr 18th, 2024

नेपाली सिनेमा क्षेत्रमा दर्जनौ कलाकार जन्माउने निर्देशकका रुपमा चिनिएका स्व. दीपक रायमाझीको अन्तिम फिल्म ‘चाँडै आऊ है’ यही साउन २९ गतेबाट प्रदर्शनमा आउदै छ। यो सिनेमा काठमाडौ र काठमाडौ बाहिरका झन्डै ७० हलहरुबाट एकसाथ प्रदर्शनमा आउन लागेको हो ।

केहि बर्ष अगाडी जाजरकोटमा फैलिएको झाडापखाला को महामारी तथा बैदेशिक रोजगारीले निम्ताएको पीडाको कथामा बनेको यो सिनेमा बिसुद्ध नेपाली परिवेश र परिवार संग बसेर हेर्न मिल्ने फिल्म बनेको निर्माण पक्षले बताएको छ।

चाँडै आऊ है’मा सुमन सिंह ,झरना थापा, आयुब केसी र नीता ढुंगाना प्रमुख भूमिकामा देखिने छन्। नीताको यो पहिलो अभिनय सिनेमा हो । केहि बर्ष अगाडी नै निर्माण भई बिबिध कारण बस ढिला रिलिज हुन् गएको यो सिनेमालाई डेबिड श्रेष्ठको प्रस्तुतिमा महेश स्थापितले निर्माण गरेका हुन् ।

chadai aau hai 1

आफुहरु सिनेमा क्षेत्रका  लागि नया निर्माता अभायेकाले आफुहरुलाई सहयोग गरिदिन पनि निर्माता डेबिड श्रेष्ठले आग्रह गरेका छन , उनले नया निर्मातालाई सबै तिर बाट असहयोग हुने गरेको प्रवृति प्रति खेद प्रकट गर्दै आफुहरुले चाडै नया सिनेमा निर्माण गर्ने समेत बताएका छन । साथै दिपक रायमाझीको अन्तिम सिनेमा भएकाले पनि सबैलाई हेरिदिनेमा आशा व्यक्त गरेका छन ।

प्रदर्शनपूर्व साउन २२ गते भूकम्प पीडितहरुको सहयोगार्थ बिशेष च्यारिटी–शो गरिने छ । चेतन सापकोटाको संगीत रहेको यो सिनेमालाई दिब्य सुबेदीले खिचेका हुन् भने राजु शाहको नृत्य निर्देशन रहेको छ ।

हेर्नुहोस ट्रेलर तथा गीत:

%d bloggers like this: