Thu. Apr 25th, 2024

यहि भाद्र ४ गते प्रदर्शन हुने फिल्म ‘होस्टेल रिटर्न्स’ले प्रचार प्रसारलाई ब्यापकता दिन थालेको छ ।  इन्जिनियरिङ अध्ययन गर्ने बिद्यार्थीको कथामा निर्मित फिल्ममा शुसिल श्रेष्ठ,शशी श्रेष्ठ,स्वस्तिमा खड्का,नाजिर हुसेन,शुसिल सिटौला,अभय बराल लगायतका कलाकारले अभिनय गरेका छन् । पछिल्लो समय फिल्मको प्रमोसन गर्न निर्माण पक्ष सामाजिक संजाल फेसबुकमा अग्रसर देखिन्छन् ।
सुरज भुषाल निर्देशित तथा सुनिल रावल निर्मित फिल्मको ‘बेष्ट फ्यान’ हुनका लागि फेसबुकमा धेरै भन्दा धेरै प्रमोसन गर्नु पर्ने हुन्छ ।  प्राय:युवाले फेसबुकमा समय व्यतित गर्नाले युवाको ध्यान खिच्न फिल्म निर्माण युनिटले ‘बेष्ट फ्यान’ को अफर ल्याएको छ ।  फेसबुकमा जसले धेरै प्रमोसन गर्छ उसलाई ‘बेष्ट फ्यान’ घोषणा गरिनेछ र बेष्ट फ्यानले फिल्मका कलाकार संग राजधानीका विभिन्न एफएम स्टेशनमा अन्तरकृया गर्ने अवसर पाउनेछन् भने फिल्मको टि-सर्ट प्राप्त गर्ने निर्माता रावलले बताए ।
निर्माता रावलका अनुसार होस्टेल रिटर्न्सको जसले धेरै भन्दा धेरै फेसबुकमा प्रोमोशन गर्छ त्यस बाट पनि बेस्ट फ्यालाई  स-सम्मान बेस्ट फ्यान अवार्ड प्रदान गरिनेछ र फेसबुकमा र मीडियामा उसले होस्टेल रिटर्न्स टीम संग घुलमिल गर्न पाउने छ । रावलको फिल्म प्रचार-प्रसार गर्ने यो तरिकालाई मान्नै पर्छ । अब आशा गरौ की बेस्ट फ्यानहरु ले यो मौक़ा पाउनेछन् ।
 

%d bloggers like this: