Sun. Jun 4th, 2023

बलिउडमा बेला बेलामा विभिन्न कारणले चर्चा र विवादमा आउन माहिर बलिउड अभिनेत्री मल्लिका शेरावतले सन्नी लियोनी आफूभन्दा ठूलो स्टार नभएको दाबी गरेकी छिन। एक अन्तरवार्ताका क्रममा मल्लिकाले सो कुरा भनेकी हुन। उनलाई पोर्न स्टार रहिसकेकी सन्नी उनीभन्दा ठूलो स्टार हुन ? भनेर सोधिएको थियो। जवाफमा उनले सन्नी आफूभन्दा ठूलो स्टार नभएको बताएकी थिइन।त्यस्तै उनलाई बलिउडमा महिलालाई वस्तुका रुपमा प्रयोग गरिन्छ हो ? भनेर पनि सोधिएको थियो। त्यस प्रश्नमा मल्लिकाले बलिउड फिल्ममा महिलालाई मात्र नभई पुरुषलाई पनि वस्तुकारुपमा नै पेस गरिने गरेको बताउँदै फिल्ममा देखाइने पुरुषको सिक्स प्याक पनि वस्तु प्रस्तुतिको नमुना भएको जवाफ दिएकी थिइन।

mallika

ख्वाहिस, मर्डर एवम हिस जस्ता फिल्ममा अभिनय गरकी मल्लिकाको ‘डर्टी पोलेटिक्स’ रिलिजको तयारीमा छ । केसी बोकाडियाको निर्देशनमा बनेको यस चलचित्रमा ओम कपूरसँग कतिपय दृश्य छायांकनको क्रममा आफूलाई अप्ठ्यारो परेको मल्लिकाले बताएकी छन्। चलचित्रमा अनुपम खेर, नसिरुद्दिन शाह, जेकी श्रफ, अतुल कुलकर्णी लगायतको अभिनय रहेको छ। चलचित्र फेब्रुअरी १३ मा प्रदर्शन हुँदैछ। यसको पहिलो पोस्टर भने विवादमा परेको थियो। भारतको राष्ट्रिय झन्डा शरीरमा बेरेर कारमाथि बसेको दृश्य रहेको पोस्टरको विरोध गरिएको थियो।

%d bloggers like this: