Thu. Mar 28th, 2024

पछिल्लो समयमा महोत्सब देखी विभिन्न कार्यक्रमहरुमा बाक्लो रुपमा नै देखिन थालेका महानायक राजेश हमालले पाल्पा पुगेर आफ्ना कम्मर मर्काएका छन् । हजारौंको संख्यामा उपस्थित दर्शकमाझ हमालले आफ्नो कम्मर मर्काएका हुन् । ‘यै चाल होला भन्या भा’ नामक गीतमा हमालले कम्मर मर्काएका हुन् । चर्चित गायक शिरिश देवकोटाले हमालाई नाच्न आग्रह गदैं जब स्टेजमा ल्याए तब हमालले दर्शकको भिड देखेर नाईँ भन्नै सकेनन् अनि हमालले गायक शिरिशलाई भने तपाई गीत गाउनुहोस् म नाच्छु ? अनि शिरिश पनि के कम अनि गाए शिरिशले ‘यै चाल होला भन्या भा’…।

Rajesh Dai

जब हमालले नाच्न थाले तब हजारौं संख्यामा उपस्थित दर्शकले ‘वान्स मोर’ भन्दैं साथ दिए । हमालले त्यति मात्र नभएर पाल्पाकै केहि यूवतीहरुसँग पनि कम्मर मर्काएका थिए । पाल्पा महोत्सवमा हमाललाई हेर्न दर्शकको भिड थेगीसक्नुको थिएन । आफ्नो प्रस्तुतिपछि केहीबेर सञ्चारकर्मीसँग कुराकानी गर्न पनि भ्याए। कार्यक्रममा गायक शिरीष देवकोटा, गायिका कृष्णा गुरुङले समेत आआफ्नो गीत प्रस्तुत गरेका थिए।

%d bloggers like this: