Thu. Apr 25th, 2024

सायद तपाईलाई माथि उल्लेखित कुरा सुन्दा अचम्म लाग्न सक्छ हो यस चलचित्र निर्माण भइसकेको छैन अर्थात चलचित्रको हालसम्म छायांकन पनि सुरु भएको छैन तर चलचित्रको निर्माण यूनिटले पोष्टर भने सार्वजनिक गरेको छ । कलाकार तथा संचारकर्मी श्याम अर्यालको प्रस्तुतीमा निर्माण हुन लागेको चलचित्र ‘मारिना’को सार्वजनिक निकै आर्कषक देखिएको छ । पोष्टर हेर्दा फिल्म हरर हुन सक्ने बताइएको छ ।

marina-news

सस्पेन्स थ्रिलर कथामा निर्माण हुन लागेको चलचित्र ‘मारिना’को सार्वजनिक पोष्टरमा डोरीले बाधिएका दुई हात देखाइएको छ । रतन थापाको लगानी र राजेश थापाको सह लगानी रहने चलचित्रलाई अनुप गिरीले निर्देशन गर्नेछन् । संचारकर्मी श्याम अर्यालका अनुसार चलचित्रको कलाकार सम्पुर्ण छनोट भइनसकेका कारण केहि दिन भित्रमा औपचारिक कार्यक्रम गरेर चलचित्रको निर्माण घोषणा गर्ने जानकारी दिएका छन् ।

%d bloggers like this: