Thu. Apr 25th, 2024

नेपाली मोडलिङ क्षेत्रमा भविष्य नदेखेर यस क्षेत्रमा भित्रिनेको संख्या बढ्दै गएको छ । यस्तै भिडकी एक नव मोडल यसक्षेत्रमा करियर खोज्दै भित्रिएकी छन् । ती मोडल हुन्, नैनाश्री राना । धरानमा जन्मिएर हाल काठमाडौंको कपनमा बसोबास गर्दै आएकी नैनाले यसक्षेत्रमा मात्र १ बर्ष विताएकी छिन् । यति छोटो समयमा धेरैको धेरैथरी कुरा सुनिसकेकी बताउने नैना भविष्यमा राम्रो कलाकार बन्ने सोंचाइमा छिन् । सानैदेखि अभिनयको सोख चढेको बताउने नैनाले १ बर्षको अवधिमा करिब आधा दर्जन बढि म्युजिक भिडियोमा काम गरेकी छिन् । उनै मोडल नैनाश्री रानासँग मनोरञ्जनसंसार डटकमका सहकर्मी मनिष दाहालले गर्नुभएको कुराकानी  :-

पछिल्लो समय के मा व्यस्त हुनुहुन्छ ?
अहिले म्युजिक भिडयोहरुमा नै ब्यस्त छु र केहि फिल्मको छायांकनमा पनि व्यस्त छु ।

कति भयो यसक्षेत्रमा प्रवेश गरेको ?
यस क्षेत्रमा प्रवेश गरेको त्यही १ बर्ष जति भयो ।

कति वटा म्युजिक भिडियोमा अभिनय गर्नुभएको छ ?
मेरो पहिलो म्युजिक भिडियो नै ‘आत्मीयता’ एल्बममा समावेश भएको नरेन्द्र प्यासीले गाउनु भएको ‘तिमीबाट टाढा हुँदा’को गीत नै हो ।

तपाईको साथमा कति रुपैयाँ जति पैसा पर्समा कहिले छुट्दैन् ?
तीन चार हजार जति ।

तपाई कतै बजारमा जाँदा सबैभन्दा मनपर्ने लुगा कुन हुन्छ ?
वान पिस र साडी ।

तपाईलाई सबैभन्दा सेक्सी लाग्ने आफ्नै अंग ?
सबैले भन्नु हुन्छ, मेरो व्रेस राम्रो छ भनेर मलाई पनि मेरो वे्रस नै राम्रो लाग्छ ।

एउटा म्युजिक भिडियो खेल्दा त्यस म्युजिक भिडियोका निर्माता, निर्देशकले एउटा मोडलसँग के अपेक्षा गरेका हुन्छन् ?
धेरैले अभिनय राम्रो गरे हुन्थ्यो भन्ने सोच्छन् भने धेरैले अभिनयलाई सेक्समा तुलना गर्ने गर्छन् ।

तपाईलाई कसैले म म्युजिक भिडियो वा फिल्ममा खेलाइदिन्छु मसँग सेक्स गर्नुपर्छ भनेर प्रस्ताव राखे की राखेनन् ?
धेरैले राखे, नाम चाँही भन्न चाहन्न । तर म अभिनय सेक्समा साट्ने केटी होइन् ।

सेक्स के हो त ?
एउटा मान्छेलाई अति नै आवश्यक पर्ने चिज हो ।

naina

सेक्सको अनुभब छ ?
छ ।

कति बर्षको उमेरमा ?
त्यहि १५ बर्षको थिए ।

को सँग सेक्स सम्बन्ध राख्नु भएको थियो ?
आफ्नोे व्वाईफ्रेण्डसँग ।

अहिले कहाँ हुनुहुन्छ तपाईको व्वाईफ्रेण्ड ?
थाहा छैन,धेरै बर्ष अगाडी छुटिएका थियौं ।

तपाईले कुनै पनि ब्लुफिल्म हेर्नु भएको छ ?
हेरेको छु । धेरै पहिला एक जना साथीले देखाएको थियो ।

अहिले हेर्ने गर्नुहुन्छ कि हुन्न ?
अहँ… हेर्दिन ।

तपाईलाई कसैले म यतिसम्म पैसा दिन्छु मसँग सेक्स गर्नुपर्छ भनेर सेक्सको प्रस्ताव राखे भने तपाई के गर्नुहुन्छ ?
म अस्वीकार गर्छु । मैले पैसाका लागि सेक्स गर्दिन । सेक्स त मन मिल्ने मान्छे सँग मात्र गर्छन् ।

नेपाली कुनै सेलिव्रेटीले सेक्सको प्रस्ताव राखे भने तपाई तयार हुनुहुन्छ ?
मैले भनी हाले नि, म मन मिल्ने मान्छेसँग मात्र सेक्स गर्छु ।

नेपाली नायक मध्ये सेक्सी लाग्ने नायक ?
जीवन लुईटेल ।

अन्ततः तपाईलाई अबको १० वर्षपछि कहाँ देख्न पाइने छ ?
एउटा राम्रो कलाकार भएको देख्न पाउँनु हुन्छ ।

केही भन्न चाहनु हुन्छ आमदर्शक तथा पाठकलाई ?
म मेहनत गर्छु, मैले गरेको हरेक कामहरुलाई सल्लाह सुझाव दिनुहोला भन्न चाहन्छु ।

%d bloggers like this: