Fri. Apr 26th, 2024

sitaram

सरकारले चर्चित हाँस्य जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’लाई सरसफाइ दूत नियुक्त गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले २ वर्षभित्र मुलुकलाई पूर्ण सरसफाइयुक्त देश बनाउने उद्देश्य सहित धुर्मुस र सुन्तलीलाई सरसफाइ दूत नियुक्त गरेको हो । मन्त्रि परिषद्को बैठकले सन् २०१७ सम्ममा देशभरका सबै घरमा चर्पी बनाइसक्ने समेत निर्णय गरेको छ । चर्पी बनाउने अभियान सफल पारी देशलाई खुल्ला दिसामुक्त बनाउन सरकारले कलाकारलाई सफाइ दूत बनाएको हो । कलाकारले आग्रह गरेपछि सबैले सो कुरा मान्ने भएका कारण मन्त्रीपरिषदकोे बैठकबाट धुर्मुस र सुन्तलीलाई सरसफाइ दूत नियुक्त गरेको हो । लामो समय देखी नेपाल टेलिभिजनबाट प्रशारण हुदैं आएको मेरी बाँस्सैका निर्माता र लेखक समेत रहेका धुर्मुसले केहि बर्ष अगाडी मात्र सुन्तलीसँग विवाह गरेकाा थिए ।

%d bloggers like this: