Sat. Apr 27th, 2024

केहि दिन अगाडी मात्र नेपाली सिनेनगरिकी चर्चित नायिका करिश्मा मानन्धरलाई सदाबाहार नायिकाको रुपमा घोषणा गर्ने निर्णय गरेको नेफ्टा फिल्म अवार्डले थप दुई जनालाई उपाधि दिने निर्णय सार्वजनिक गरेको छ । कात्तिक ३ गते हङकङमा हुन लागेको सातौं नेफ्टा फिल्म अवार्डबाट बरिष्ठ संगीतकार शम्भुजित बास्कोटालाई संगीत शिरोमणी र निर्माता,विज्ञापन निर्देशक निर्मलराज पौडेललाई विज्ञापन गुरुको नामबाट उपाधि दिने गर्ने निर्णय गरेको छ । कात्तिक ३ गते हङकङमा हुन लागेको सातौं नेफ्टा फिल्म अवार्डबाट धेरै कलाकर्मीहरु सम्मानित हुने चलचित्र प्राविधि संघका अध्यक्ष मनोज केसीले बताए ।

sambojit and nirmalनेपालको तर्फबाट निर्माता सुनिल कुमार थापाको कम्पनी एस।के।थापा प्रोडक्सन र हङकङ तर्फबाट विनय शाहको संयोजकत्वमा रहेको कम्पनी ग्रेट पर्फेक्ट लिमिटेडले चलचित्र प्राविधिक संघ संग सहकार्य गरि सो अवार्ड हङकङमा हुन लागेको हो । कात्तिक ३ गते हङकङमा हुने उक्त कार्यक्रममा करिब ९६ जना नेपाली कलाकारहरु हङकङ जाने छन् । त्यो व्यबस्था रिद्धी सिद्धी ज्वेलर्सले मिलाउने छ । यस संस्करणका लागि कुल ३४ विधामा मनोनयन सार्वजनिक गरेको छ । यस भन्दा अघि नेपाल चलचित्र प्रबिधिक संघका अध्यक्ष मनोज केसीको अध्यक्षतामा मलेसियामा नेफ्टा अवार्ड सम्पन्न भएको थियो । चलचित्रमा कार्यरत प्राविधिकहरुको हकहितमा लागी लड्दै आएकोे नेपाल चलचित्र प्रबिधिक संघले विभिन्न देशहरुमा यस अघि पनि नेफ्टा अवार्ड सम्पन्न गरिसकेको छ ।

%d bloggers like this: