Fri. Mar 29th, 2024

रेडियो कालिका एफएमको १२ औं बार्षिक उत्सबको अबसरमा आयोजना भएको १० औं कालिका म्युजिक अवार्डबाट दुई दर्जनभन्दा बढी विधामा अवार्ड वितरण गरिएको छ । उक्त अवार्डबाट यस वर्ष वरिष्ठ चलचित्रकर्मी यादव खरेललाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । एफएमका अध्यक्ष तथा संविधानसभाका सदस्य विक्रम पाण्डेले खरेललाई दोसल्ला ओढाएर लाइफटाइम एचिभमेन्ट अवार्ड वितरण गरे । खरेलले १७ वटा गीति एल्बम निकालेका छन् भन्ने करिब दर्जन नेपाली चलचित्रमा निर्देशन गरिसकेका छन् । यस्तै सवारी दुर्घटनामा निधन भएकी गायिका मञ्जु महतलाई मरणोपरान्त सम्मान प्रदान गरिएको छ ।

24179kalika awardकार्यक्रममा लोकदोहोरीमा तीर्थ सापकोटा, स्थानीय कलाकारमा भुवन प्यासी, लोकदोहोरी शब्दतर्फ शिरिष देवकोटा, सङ्गीतमा राम्जी खाँड, महिला गायनमा मञ्जु पौडेल र पुरुषमा पशुपति शर्माले अवार्ड प्राप्त गरे । आधुनिकतर्फ सङ्गीतमा राजकुमार बगर, गायन महिलामा माण्डवी त्रिपाठी, पुरुषमा प्रमोद खरेल र गजलमा आनन्द कार्कीले अवार्ड हाता पारे । पपतर्फ गायिका सञ्जना श्रेष्ठ, गायकमा कमल खत्री र सङ्गीतमा लोकेश गुरुङले अवार्ड पाए । चलचित्रको शब्दमा डा कृष्णहरि बराल, सङ्गीतमा वसन्त सापकोटा, गायिकामा मिलन अमात्य, गायकमा शिव परियार तथा युगल गीतमा रजिना रिमाल र युवराज चौलागार्इं लगायतले अवार्ड प्राप्त गरे ।

%d bloggers like this: