Fri. Apr 26th, 2024

धेरै बलिउड चलचित्रमा अभिनय गरिसकेका बलिउड अभिनेता जितेन्द्र आज दिउँसो २ बजे नेपाल आइपुगेका छन् । उनको साथमा पत्नी शोभा कपुर पनि आएकी छिन् । आज मात्रै नै बलिउडका निर्माता रमेश सिप्पी पनि नेपाल भम्रणमा आएका छन् । चौथो पटक नेपाल भ्रमणका लागी नेपाल आएका अभिनेता जितेन्द्र नेपालको पर्यटकिय स्थल पोखराको भम्रणका लागी आएका बताइएको छ ।

jitendra-in-nepalकाठमाडौंमा रहदाँ होटल हायातमा रहने जितेन्द्र नेपाल निकै सुन्दर देश भएका कारण पटक पटक नेपाल आउन मन लाग्ने विमानस्थलमा जितेन्द्रले सञ्चारकर्मीहरुलाई बताएका छन् । जितेन्द्र व्यक्तिगत भम्रणका लागी नेपाल आएका हुन् । करिब एक साता नेपाल रहने जितेन्द्रले नेपालका प्राय मन्दिरहरु र पोखराको भम्रण गर्ने बुझिएको छ । केहि दिन अगाडी मात्र यूनिसेफको एक कार्यक्रममा भाग लिन बलिउडस्टार अमिर खान नेपाल आएका थिए । पछिल्लो समय भम्रणका लागी बलिउड कलाकारहरुको आखाँमा नेपाल अग्रस्थानमा रहेको पाइन्छ ।

%d bloggers like this: