Thu. Apr 25th, 2024

नेपाली सिनेनगरिमा पछिल्लो समयमा आफ्नो भविष्य खोज्ने क्रममा धेरै नव कलाकारहरु चलचित्र क्षेत्रमा भित्रिरहेका छन् । कोहि चलचित्रक्षेत्रमा केहि गर्छु भन्ने मनसायले यस क्षेत्रमा आएका छन् त कोहि केहि दिन वा केहि समय यस क्षेत्रमा विताउ भन्ने मनसायले भित्रिरहेका छन् । बर्षमा करिब १०० भन्दा बढि नेपाली चलचित्रहरु प्रदर्शन हुन्छन् प्राय चलचित्रमा अहिले नवकलाकारहरु नै भेटिन्छन् तर प्राय नव कलाकारहरु त्यति भाग्यमानी पनि छैनन् होला आफुले अभिनय गरेको पहिलो चलचित्र नै सुपरहिट बनेको होस् । तर त्यहि सिनेनगरिमा केहि नव कलाकारहरु यस्ता पनि छन् जसको पहिलो फिल्मनै सुपरहिट बनेको छ । त्यहि भिडका एक उदाँउदा कलाकार तथा नायक हुन् स्वहित मानन्धर । पहिलो चलचित्र रिदममा अभिनय गरेपछि निकै चर्चा बटुल्न सफल स्वहित पछिल्लो समय चलचित्र भुलभुलैयाको छायंकन सकेर अरु चलचित्रमा अभिनय गरिरहेका छन् । प्रस्तुत छ तिनै कलाकार स्वहित मानन्धर सगँ मनोरञ्जन संसारडटका सहकर्मी मनिष दाहालले गर्नुभएको कुराकानी :-

१.के मा व्यस्त हुनुहुन्छ पछिल्लो समय ?
भुलभुलैयाको छायंकन सकेर अहिले अरु केहि चलचित्रको छायंकनमा व्यस्त छु ।

२.तपाईको पहिलो चलचित्र रिदमले ५१ दिन मनाउन सफल भएपछि तपाईको चर्चापनि एक्कासी चुलियो,के दिएको थिए जस्तो लाग्छ चलचित्र रिदममा तपाईले दर्शकलाई जसले गर्दा तपाईलाई दर्शकले निकै मन पराए ?
तपाईले चलचित्र हेर्नुभयो भने पक्कै थाहा हुन्छ,मैले एक अन्धोको भुमिका निभाएको छु ,जसको आखाँ थिएन तर उसले गीत निकै मिठो गाउथ्यो र अन्धोको जिन्दगी कस्तो हुन्छ भन्ने यथार्थ घट्ना उक्त चलचित्रले दिएको थियो जसमा मैले अभिनय गरेको थिए सायद त्यसैले हुन सक्छ आम दर्शकले मेरो भुमिका असाध्यै मन पराउनु भयो ।

३.चलचित्र चल्नका लागी के आबश्यक हुन्छ कलाकार की चलचित्रको कथा ?
दुवै । चलचित्रमा कथा पनि राम्रो हुन पर्छ र कलाकार पनि उक्त कथालाई बुझ्न सक्ने हुनु पर्छ । चलचित्र राम्रो बन्नका लागी कथा र कलाकार सगै समग्र चलचित्र युनिटको साथ हुनुपर्छ ।

sohit manandhar (2)४.चलचित्र रिदमको सफलता पछि अब तपाईलाई फेरी दर्शकले भुलभुलैयामा देख्ने छन्,कस्तो भुमिका छ भुलभुलैयामा तपाईको ?

चलचित्र त्रिकोणात्मक प्रेम कथामा आधारित भएर निर्माण भएको छ जसमा मेरो र नायक जीवन लुईटेलको टक्कर नायिका निता ढुंगानालाई पाउनका लागी हुन्छ यहि भुमिकामा र अरु केहि भुमिकामा देख्न सकिन्छ ।

५.तपाईलाई चलचित्र क्षेत्रको रस चै कहाँबाट लाग्यो ?
यो मेरो सानै देखीको चाहाना हो । सानै देखी नायक हुन्छु भन्ने सोच थियो । खास चै मैले कम्पुटर इन्जिनियरिगं गरेको छु तर पनि चलचित्र क्षेत्रमा लाग्छु भन्ने थियो त्यसैले हो । पढिरहदाँ पनि केहि फिल्महरुबाट अफर आइरहेको थियो तर मैले पढाइ सकाउला अनि फिल्म खेलैला भन्ने थियो र त्यहि क्रममा विकास आचार्य दाई सगँ भेट भयो र रिदम फिल्मका लागी म पक्का भएपछि यसरी नै पसियो यस क्षेत्रमा ।

६.तपाईको टक्कर नेपाली सिनेनगरिका कुन नायक सगँ ?
कुन भन्ने त छैन् । म र्भखरै यस क्षेत्रमा प्रवेश गरेको हुँ । त्यसैले पनि टक्कर त सबै सगँ हुन्छ । व्यबसायिक हिसाबले र्हेने हो भनी ।

७.बिबाह भयो ?
अहँ,छैन ।

sohit manandhar (3)८.किन ?

खै राम्रो जीवन साथी नभेटेर होला ।

९.कोहि त होला नी ?
म सानै देखी लजालु मान्छे त्यसैले पनि म केटीहरु सगँ त्यति नजिक हुदिन सायद यसैले होला आज सम्म मैले कोहि नरोजेको ।

१०. चलचित्रमा स्वहित मानन्धरलाई धेरै भुमिकामा देखियो खासमा चै स्वहित मानन्धर बास्तविक जीवनमा चै कस्तो मान्छे ?
म सिम्पल,सोझो मान्छे ।

१०.तपाईलाई मन पर्ने नेपाली नायिका ?
प्रियंका कार्की

११.नायकमा ?
राजेश हमाल ।

१२. बलिउडमा मन पर्ने नायक ?
अमिर खान ।

१३.कस्तो नायक बन्न चाहानु हुन्छ राजेश हमाल वा अमिर खान जस्तो ?
सायद यो त पुरा होला वा नहोला तर अमिर खान जस्तो बन्न चाहान्छु । र एक्सनमा रितिक रोशन जस्तो ।

१४.नेपाली सिनेनगरिमा लागेर तपाईले के कमाउनु भयो,नाम,पैसा माध्य ?
नाम,पैसा त अहिले सम्म त्यति कमाउन सकेको छैन् ।

१५.अन्तत : के भन्न चाहानु हुन्छ आम दर्शकलाई ?
मलाई चलचित्र रिदममा निकै माया गर्नुभयो त्यसरी नै मेरो आउने फिल्महरुलाई सधै माया गरिदिनु होला भन्न चाहान्छु ।

%d bloggers like this: