Wed. Apr 24th, 2024

depikaबलिउडमा पछिल्लो समयमा एकछत्र राज गर्दै आएकी बलिउड अभिनेत्री दीपिका पादुकोण हिजो भारतको सिद्धिविनायक मन्दिरबाट पुजा गरेर बाहिर निस्कदै गरेको देखेपछि त्यहाँ उपस्थित धेरैले धेरै थरीका कुरा गर्न थाले । बलिउड अभिनेता रणविर सिंह सगँ अफइयर चलिरहेको अबस्थामा उनले प्रेम सम्बन्ध सुमधुर रहोस भन्ने कामना गरिन वा अरु नै भन्ने प्रश्नले त्यहाँ उपस्थित धेरैको मनमा कौतुहलता थियो । प्राय मन्दिरहरु पुजा गरेर र्फकेको नदेखिने दीपिका आकस्मात सिद्धिविनायक मन्दिरमा उनी पुजा गरेर बाहिर आउदै गर्दा सञ्चारकर्मीहरुले दीपिकालाई घेरेपछि दीपिकाले मुख खोल्न बाध्य भइन् । र उनले भनिन् ‘मेरो पछिल्लो फिल्म ‘फाइंडिंग फैनी’ सफल रहोस भन्दै भगवान सगँ कामना गरेको छु ।’ दीपिका यति सम्म बाठि छिन् की उनी प्रत्येक फिल्म रिलिज हुन लाग्दा मन्दिरमा गएर पुजा गर्ने गर्छिन । सिद्धिविनायक मन्दिरबाट पुजा गरेर र्फकिएकी दीपिकाको साथमा फिल्मका प्रड्यूसर दिनेश विजन पनि दीपिकाको साथमा थिए । फिल्म ‘फाइंडिंग फैनी’ १२ सेक्टम्बरको देशभर प्रदर्शनमा आउदै छ ।

%d bloggers like this: