Thu. Mar 28th, 2024

भदौ १३ गतेबाट छायंकन प्रारम्भ भएको चलचित्र चकलेटको आज देखी सम्पुर्ण सिन सकिएको छ । काठमाडौंका विभिन्न स्थानमा छायंकन गरिएको चलचित्र चकलेटको अहिले दरबार मार्गमा गीतको छायंकन भइरहेको छ । गायक नविन.के भटराईको स्वरमा सजिएको ‘डुवीसकेको घाम’ नामक गीतको सुटिङ अहिले दरबार मार्गमा रहेको नांग्लो रेष्टुरेन्टको बाहिरी भागमा भइरहेको छ भने उक्त गीतको छायंकनमा गायक नविन.के.भटराईकै अभिनयमा रहेकोे चलचित्रका निर्देशक निर्मल शर्माले बताए । आज देखी चलचित्रको सम्पुर्ण सिन सकिएको छ भने अब चलचित्रको गीतको छायंकन प्रारम्भ हुने बताइएको छ ।

10706532_10203438390653627_2067349792_nकाठमाडौंको दरबार मार्ग क्षेत्रमा रहने बाल बालिकाहरुको जीवन कथा उठान गर्ने चलचित्र पुर्ण रुपले सामाजिक कथामा तयार भएको पनि निर्देशक शर्माले बताए । १७ दिन लगाएर निर्माण भएको चलचित्र चकलेट निकै राम्रो बनेको चलचित्रकी निमात्री एवं नायिका पुजना स्त्रीले बताइन् । बिश्वभर सबैले रुचाउने गरि चलचित्र चकलेट निर्माण भएको पुजनाले बताएकी छिन् । चलचत्रिलाई खुसी गुरुङ, प्रतिमाया गुरुङ र केशब तामाङले पुजना फिल्म्स्को ब्यानरमा निर्माण भएको हो । जसमा आयुष्मान घिमिरे, अनुज शाक्य, पूजना स्त्री, नम्रता झा, केशव भट्टराईको मुख्य भुमिका चलचित्रमा रहेको छ ।

1743231_10203438412574175_1614605483_n

10706384_10203438855625251_125730563_n

10614009_10203438414014211_937762990_n

 

%d bloggers like this: