Tue. Apr 23rd, 2024

क्रियटिभ फिल्म एण्ड ग्लोसी पिक्चर्सको प्रस्तुतिमा निर्माण हुन लागेको आभाष चलचित्रको मंगलबारबाट छायांकन सुरु हुने भएको छ ।
युवा निर्देशक सुरेन्द्र पौडेलको निर्देशनमा तयार हुन लागेको आभाष फिल्मको सोमबार ड्रेस छनौट सम्पन्न भयो । ड्रेस डिजाईनर निलिमा शर्माको डिजाईनमा रहेको ड्रेसमा कलाकारहरुले फोटो शुटसमेत गरेका छन् ।
राजधानीमा सोमबार ड्रेसको चेकजाँचसहित फोटो शुट गरिएको र मंगलबारबाट फिल्मको छायांकन सुरु हुने निर्माता गोविन्द शाहीले बताए ।
‘योङ आर्टिस्ट’हरुको बाहुल्यता रहेको चलचित्र आभाषको शुक्रबार राजधानीमा एक कार्यक्रम गरि शुभमुहुर्त गरिएको थियो ।
निर्माता शाहीले योङ आर्टिष्टहरुमध्य सबैजसो लोकप्रिय आर्टिष्ट रहेकाले चलचित्र राम्रो बन्ने दावी गरे ।
आभाषमा प्रियंका कार्की, संयम पुरी, सलोन बस्नेत, आश्मा डिसी लगायतका कलाकारको अभिनय रहनेछ ।
प्रियंका कार्की अहिलेकी हिट नायिका हुन भने संयम पुरी ‘सायद’ चलचित्रबाट यस क्षेत्रमा उदाएका हुन् । सलोन बस्नेत ‘होस्टेल’ बाट चर्चामा आए पनि अभिनयको हिसाबले बालकलाकार देखि नियमित यस क्षेत्रमा छन् ।
अर्की कलाकार आश्मा डिसी पनि भिजेको रुपमा स्थापित भैसकेकी छन् भने राम्रो अभिनय गर्ने क्षमताकी कलाकार हुन् ।
10370742_10201952227062738_308695688_n 10379064_10201952228582776_1129174819_n 10379141_10201952229142790_952596951_n 10379332_10201952228022762_119724672_n 10396425_10201952229342795_1830246400_n 10405704_10201952228142765_106873028_n 10405854_10201952227942760_1965419288_n 10409953_10201952227502749_1213089027_n 10416666_10201952227742755_1357886816_n 10416902_10201952227822757_788907356_n 10417209_10201952227662753_266798615_n 10417252_10201952229662803_260875556_n 10419835_10201952227862758_224993492_n
 
 

%d bloggers like this: