Fri. Apr 26th, 2024

काठमाडौं, वैशाख १७ । ‘सानो संसार’ र ‘कोही मेरो’ नामका दुई फिल्म बनाएर म्युजिक भिडियो निर्माणमै व्यस्त भएका निर्देशक आलोक नेम्बाङ चार वर्षपछि फिल्म ‘अझै पनि’ मार्फत फिल्म निर्देशनमा पुनरागमन गरेका छन् । उनले निर्देशन गर्न लागेको फिल्मलाई अर्का निर्देशक सुदर्शन थापाले निर्माण गर्न लागेका हुन् ।सुदर्शनलाई फिल्म निर्माणमा कष्ट्युम डिजाइनर पुनम गौतमले सघाउँदैछिन् ।
ajhai pani 1
 
 
ajhai pani2
ajhai pani4
ajhai pani5
फिल्मको घोषणा गर्न बुधबार राजधानीमा आयोजित कार्यक्रममा निर्देशक आलोकले फिल्मलाई विशुद्ध नेपाली स्वादको बनाउने बताए । ‘फिल्मले नेपाली परिवेश र सामाजिक अवस्थाको वर्णन गर्नेछ ।’ नेम्बाङले भने । कार्यक्रममा नायिका पुजाको जन्मदिनको केक काटिएको थियो । फिल्ममा सुदर्शनले पनि नायकको रुपमा अभिनय गर्दैछन् । सुदर्शनबाहेक पुजा शर्मा, सुरक्षा पन्त, पुष्प खड्का, विशाल ढुंगाना, प्रमिला खनाल, विपना धिमाल, मिथिला शर्मा, विजय लामा र रामशरण पाठकले पनि अभिनय गर्नेछन् । पाठककै कथा रहने फिल्ममा हरि लम्साल, राजनराज शिवाकोटी, सचिन सिंह र महेश खड्काको संगीत, डा.कृष्णहरि बराल, महेश खड्का, सन्दीप थापा र विजय शिवाकोटीको गीत, दीपक लिम्बु, हरि लम्साल, सहिमा श्रेष्ठ, मनिषा पोखरेल, रिता बुढाथोकी, दिनेश गौतम र राजु तामाङको स्वर, आलोककै कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व र राजेश श्रेष्ठको छायांकन रहनेछ । फिल्मको सुटिङ शुक्रबारबाट शुरु हुनेछ ।

%d bloggers like this: